यी युवाको स्टन्टले रोकिदिन्छ तपाईँको श्वास (भिडियो)

यी युवाको स्टन्टले रोकिदिन्छ तपाईँको श्वास (भिडियो)

एजेन्सी: मानिसहरु आफू चर्चामा आउनका लागि अनेकौँ अनौठा काम गर्छन् । डर लाग्दा गतिविधि गर्दा कतिपयले त ज्यानै पनि गुमाउँछन् । मानिसहरु आफ्नो ज्यानलाई खतरामा पारेर स्टन्ट गर्ने कोशिश पनि गर्छन् ।

यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा एकजना एक कश्मिरी युवा रेलवे ट्रयाकमा सुतिरहेका देख्न सकिन्छ । केहीबेरमा उनीमाथिबाट एउटा रेल तीब्र गतिमा दौडिन्छ । रेल गइसकेपछि उठेर ती युवाले युद्ध जिते जस्तै खुसियाली मनाउँछन् । तर सानो गल्तीबाट पनि उनको ज्यान जान सक्थ्यो ।

अर्कातिर भिडियो रेकर्ड गरिरहेका अर्का युवा भने उनलाई उक्साइरहेका हुन्छन् । उनलाई उक्साउँदै ती युवा भिडियो खिचिरहेका हुन्छन् । जसले यो भिडियो ट्विटरमा सेयर गरेका छन् उनले यो भिडियो जम्मु-कश्मिर पुलिस र जम्मु-कश्मिरका पूर्वमुख्यमन्त्री उमर अबदुल्लालाई पनि ट्याग गरेका छन् । त्यसपछि उमर अब्दुल्लाले पनि यो भिडियो सेयर गरेर उनलाई मुर्खको संज्ञा दिएका छन् ।

ट्विटरमा प्रयोगकर्ताहरुले यो भिडियो तीब्र विरोध गरेका छन् । ती युवाले लगाएको लुगा यदि रेलमा अल्झिएको भए उनको ज्यान पनि जान्थ्यो । यदि ती युवाको ज्यान गएको थियो भने रेलका चालकले पनि आफ्ना कारणले उनको ज्यान गयो भनेर पछुताउनुपर्ने अवस्था हुन्थ्यो । यो भिडियो अहिले तीब्र गतिमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.