क्यान्सर पीडितका लागि म्याराथन दौड

क्यान्सर पीडितका लागि म्याराथन दौड

विराटनगर : क्यान्सर पीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले विराटनगर महानगरपालिकामा पुरुष तथा महिला म्याराथन दौडको आयोजना गरिएको छ।

चिकित्सक एवं बृद्धिजीवि आवद्ध संस्थाले अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसर पारेर दौडको आयोजना गरेका हुन्। विराटनगर प्लाटिनम राउन्डटेबल ११ र विराटनगर सर्कल ५ ले आयोजना गरेको दौडको उपाधि झापाका मेघराज राईले जितेका छन्।

उनले चार किलोमिटर दूरी ११ मिनेटमा पार गर्दा अन्य प्रतिष्पर्धी पछि परे। प्रतिष्पर्धामा झापाकै याङदे राई र दीपेन्द्र सरदार क्रमस दोस्रो र तेस्रो भए। महिलातर्फ ज्योती धिमाल प्रथम, गरिमा खड्का दि्वतीय र विन्दु चौधरी तृतीय भए। प्रथम, दि्वतीय र तृतीय हुनेले माईक्रो वेभ ओभन, हर्टवाटर डिस्पेन्सर र राईस कुकर प्राप्त गरेका छन्।

उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, गायिका इन्दिरा जोशी, मिस नेपाल निकिता चाण्डक, बालरोग विशेषज्ञ डा. विमल अग्रवाललगायतले पुरस्कार वितरण गरे।सात सयजनाले म्याराथनमा सहभागिता जनाएका थिए।

विराटनगर प्लाटिनम राउन्डटेवल ११ का अध्यक्ष समेत रहेका डा. अग्रवालले म्याराथन दौड आयोजना गरेर तीन जना क्यान्सर पीडितलाई रकम सहयोग गरिएको बताए। भने, ‘जनही १०/१० हजारका दरले नगद सहयोग गरिएको छ।

उनका अनुसार उपचारमा सहयोग पुगोस भनेर क्यान्सर रोगी प्रेरणा साह, हेमा गुरुङ र लीला बजगाईलाई रकम सहयोग गरिएको हो। डा. अग्रवालले राउन्डटेवल ११ ले शरीरमा रातो रक्तकोसीका नबन्ने थाइलोसेनियाका बिरामीलाई चढाउनु पर्ने प्रत्येक पिन्ट रगतमा दुई सय रुपैयाँ सहयोग पनि गर्ने जानकारी दिए। भने, ‘क्यान्सर रोगीको स्वास्थ्य परीक्षण र उपचारमा पनि छुट दिइने छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.