माओवादी केन्द्रका नेता बादल राष्ट्रिय सभामा विजयी

माओवादी केन्द्रका नेता बादल राष्ट्रिय सभामा विजयी

काठमाडौँ: नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल राष्ट्रिय सभामा विजयी भएका छन् । प्रदेश नम्बर ३ बाट खुल्लातर्फका उम्मेदवार बादलले ३३९६ मतसहित राष्ट्रिय सभामा स्थान पक्का गरेका हुन् ।

यसअघि वाम गठबन्धनको तर्फबाट राष्ट्रिय सभामा प्रदेश नम्बर ३ मा खुल्ला सदस्यका लागि तीनजनाको उम्मेवारी परेपछि एमाले उम्मेदवार बेदुराम भुसालको उम्मेदवारी फिर्ता गराएर बादललाई सुरक्षित गरिएको थियो ।

पढ्नुस्: बादललाई राष्ट्रिय सभामा लैजान बेदुराम ‘आउट’

प्रदेश ३ बाट खुलाबाट ३ जनाको कोट रहेको अवस्थामा विवेकशील-साझा पार्टीसहितका साना दलको सहयोगमा कांग्रेसका राधेश्याम अधिकारीसहित चारजनाको उम्मेदवारी परेको थियो । तीनको कोटामा वामबाटै तीनैको उम्मेदवारी परेपछि वामले एमाले नेता भुसालको उम्मेदवारी फिर्ता गराएर बादललाई सुरक्षित गरेका थिए । यस्तोमा एमालेका बलराम बास्कोटा र माओवादी नेता बादल तथा कांग्रेसका राधेश्याम अधिकारकी जित निश्चित थियो ।

बादलले यसअघि चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताइएको थियो । तर एमालेसँगको तालमेलका कारण उनले त्यहाँबाट पछि हट्नुपरेको थियो । त्यसपछि उनलाई वाम गठबन्धनले राष्ट्रिय सभामा लाने त्यतिखेरै तयारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.