डाक्टरलाई ज्वाईँ जस्तो पाल्नुपर्छ : पूर्व स्वास्थ्य मन्त्री पोखरेल

डाक्टरलाई ज्वाईँ जस्तो पाल्नुपर्छ : पूर्व स्वास्थ्य मन्त्री पोखरेल

बर्दिबास : पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले 'डाक्टरलाई ज्वाईँ जस्तो पाल्नुपर्ने' बताएका छन्। महोत्तरी जिल्लाको स्वास्थ्य बिमा कार्यक्रम दर्ता शुभारम्भ गर्दै पूर्व मन्त्री पोखरेलले ग्रामीण क्षेत्रमा आउन चाहने डाक्टरलाई सक्दो सुविधा नदिएसम्म स्वास्थ्य क्षेत्रमा सुधार नहुने बताएका हुन्।

‘अस्पतालमा एम्बुलेन्स, आइसीयू कक्ष, प्रसुति सेवा लगायतका सुविधा नभएसम्म स्वास्थ्य बिमा कार्यक्रम पनि सफल हुँदैन,’ पोखरेलले भने, ‘दुर्गम र अतिविकट क्षेत्रमा डाक्टरहरूले सहर बजारमा काम गर्ने डाक्टर जस्तो सेवा सुविधा पाएका छैनन्। यसले गर्दा ग्रामीण भेगमा डाक्टरहरू जान मान्दैनन्।’

स्वास्थ्य उपचार जनताको मौलिक हक भएकाले जनताले उपभोग गर्न पाउनुपर्नेमा उनले जोड दिए। प्रतिनिधि सदस्य समेत रहेका पोखरेलले भने, ‘हामीले जसरी ज्वाईँलाई घरमा सेवासुविधा दिएर पाल्छौं, त्यसैगरी स्थानीय सरकारले ग्रामीण भेगमा काम गर्ने डाक्टरलाई ज्वाईँ जस्तै खाने, बस्ने सेवा सुविधा दिएर पाल्नु पर्छ।’

कार्यक्रममा महोत्तरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र यादवले ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थालाई व्यवस्थित नगरी स्वास्थ्य बिमा कार्यक्रमले गरिबलाई फाइदा नपुग्ने बताए।

प्रदेश सांसद शारदा थापाले बिमा कार्यक्रम प्रभावकारी भए गरिबले रोग पालेर बस्नु पर्ने दिनको अन्त्य हुने विश्वास व्यक्त गरिन्।

बर्दिबासका  ७८ वर्षीय लोकनाथ भट्टराईले नाम दर्ता गराएर महोत्तरी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेका छन्। बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बिमा शुल्क तिर्न नसक्ने गरिब तथा विपन्नहरूका लागि नगरपालिकाले शुल्क व्यवस्था गरेको बताए।

स्वास्थ्य बिमा कार्यक्रम लागू हुने महोत्तरी २६ औँ जिल्ला हो। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. गुणराज लोहनीका अनुसार यसअघि मुलुकका २५ जिल्लामा यो कार्यक्रम लागू भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.