टोटनह्यामसँग आर्सनल पराजित, केनको गोल निर्णायक

टोटनह्यामसँग आर्सनल पराजित, केनको गोल निर्णायक

काठमाडौँः इङ्लिस प्रिमियर लिग अन्तरगत शनिबार राति भएको नर्थ लण्डन डर्बीमा टोटनह्यामले आर्सनललाई पराजित गरेको छ ।
वेम्बली स्टेडियमा भएको प्रिमियर लिगको टप फोरका लागि भएको भिडन्तमा ह्यारी केनले दोस्रो हाफको सुरुवातमै गरेको गोलमा टोटनह्यामले बाजी मारेको हो ।

बेन डेभिसले उपलब्ध गराएको क्रसलाई सदुपयोग गर्दै केनले खेलको ४९ औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोटनह्यामलाई ३ अंक दिलाउन सफल भएका हुन् ।

जनवरी ट्रान्सफर विन्डोमा केही उत्कृष्ट खेलाडी भित्र्याए पनि आर्सनलले टोटनह्यामलाई रोक्न असफल रह्यो । यो जितपछि २७ खेलबाट ५२ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । उसले नयाँ सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई पनि बलियो बनाउँदै लगेको छ ।

अर्कातिर पराजित आर्सनल समान २७ खेलबाटै ४५ अंकसहित लिगको पाँचौ स्थानमा छ । उसले नयाँ सिजनमा च्याम्पियन्स लिग खेल्न अझै कडा मेहनत गर्नुपर्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.