आयोगले बुझायो निर्वाचन परिणाम

आयोगले बुझायो निर्वाचन  परिणाम

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभा चुनावको सम्पूर्ण परिणाम बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसहितका आयोग पदाधिकारीले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेट गरी प्रतिनिधिसभा चुनावको सम्पूर्ण परिणाम बुझाएका हुन्।

प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको नामावली दलहरूले बुझाएलगत्तै आयोगले परिणाम राष्ट्रपतिलाई बुझाएको हो। मंसिर १० र २१ मा सम्पन्न भएको प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटको परिणामपछि पाँच दल मात्र राष्ट्रिय पार्टीका रूपमा स्थापित भएका छन्।

निर्वाचन परिणामअनुसार एमालेले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१, कांग्रेस प्रत्यक्षमा २३ र समानुपातिकमा ४०, माओवादी केन्द्र प्रत्यक्षमा ३६ र समानुपातिकमा १७, राजपा नेपाल प्रत्यक्षमा ११ र समानुपातिकमा ६, संघीय समाजवादी फोरम नेपाल प्रत्यक्षमा १० र समानुपातिकमा ६ सिट पाएका छन्। संवैधानिक व्यवस्थाअनुसार दलहरूले आ–आफ्नो अन्तिम सूची पेस गरेलगत्तै आयोगले ती उम्मेदवारलाई विजयी भएको घोषणा गरेको थियो। आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.