निजीका शिक्षकलाई सरकारी तालिम

निजीका शिक्षकलाई सरकारी तालिम

तुलसीपुर : शैक्षिक तालिम केन्द्रले यस वर्षदेखि निजी (संस्थागत) स्कुलका शिक्षकको दक्षता बढाउन र अध्यापन पद्धति सिकाउन थालेको छ। केन्द्रले स्थानीयस्तरमै उनीहरूलाई दसदिने तालिम दिएर अध्यापन विधि सिकाउन लागेको हो।

शैक्षिक तालिम केन्द्र दाङले यस वर्ष सयवटा निजी स्कुलका प्रिन्सिपल र शिक्षकलाई शिक्षण विधि र कलाबारे तालिम सुरु गरेको छ। दाङ, सल्यान र रोल्पाका निजी स्कुलका शिक्षकलाई योजनाअनुसार तालिम दिन थालिएको शैक्षिक तालिम केन्द्र तुलसीपुरका प्रमुख धनबहादुर ओलीले बताए। उनले निजीका शिक्षकलाई पनि शिक्षण पद्धति र अध्यापन सीप विकास गराउन तालिम दिन लागिएको बताए। शिक्षा मन्त्रालयले निजी विद्यालयका शिक्षकलाई पेसागत सीप सिकाउन तालिमको व्यवस्थापन गरिदिएको छ।

निजी स्कुलको शैक्षिक उपलब्धि मूलप्रवाहमा ल्याउन तालिमले सहयोग पुग्ने तालिम केन्द्रका प्रशिक्षक डिल्लीकान्त आचार्यले बताए। उनले तालिमबाट निजी स्कुलको शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर बढ्ने विश्वास लिइएको जानकारी दिए। उनीहरूलाई शिक्षक निर्देशिका, शैक्षिक रणनीति, अध्यापनमा आईटीको प्रयोग, पाठ योजना, सीप र कलासम्बन्धी ज्ञानलगायत विषयमा प्रशिक्षण दिइने गरेको छ। आचार्यले तालिमपछि निजी विद्यालयको कक्षामा परम्परागतभन्दा सुधार आउने अपेक्षा गरेको बताए।

दाङ, सल्यान र रोल्पाका निजी स्कुलका शिक्षकलाई योजनाअनुसार तालिम दिन थालिएको हो।

तालिम पाएका निजीका शिक्षकले अहिलेसम्म पढाउने प्रक्रिया नै तालिमले परिवर्तन गरेको बताएका छन्। उनीहरूले तालिममा सिकेका पद्धति र प्रक्रिया कक्षामा प्रयोग गर्ने बताए। तालिममा सहभागी हिमाल एकेडेमीका शिक्षक भीमलाल मरासिनीले अहिले अध्यापनमा आफूले उपयोग गरिरहेको विधि परिमार्जन गरेको र अध्यापन शैली पनि फेरेको बताए। ‘विद्यार्थीले अल्छी गर्दा म गाली गर्थें, किन उनीहरू अल्छी गरिरहेका छन् भनेर बुझ्नेछु’, उनले भने, ‘यो परिवर्तन तालिमबाट आएको हो।’

मरासिनीले विद्यार्थीको कुरा नबुझी आफूले पढाएको भन्दै सिकाइमा विद्यार्थीको सिक्ने भावना विकास गर्नुपर्ने बताए। ‘पहिले देखासिकी पढाउँदै आएका थियौं, अब पढाउने तरिका र शैली थाहा भयो’, उनले भने। तुलसी माविका शिक्षक देवबहादुर केसीले पहिलोपटक आफूले अध्यापनसम्बन्धी तालिम पाएको भन्दै विद्यालय प्रशासन र कक्षामा तालिमको उपयोग गर्ने बताए। ‘अहिलेसम्म परीक्षाकेन्द्रित अध्यापन गरेका थियौं। अब शिक्षण विधि र शैक्षिक वातावरण मुख्य बनाउँछौं’, केसीले भने, ‘मैले पढाउन थालेको २० वर्ष भयो तर मैले पढाउने तरिकासमेत थाहा पाएको रहेनछु। अब तरिका र विधि दुवै प्रयोग गरेर पढाउँछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.