उजुरी पेटिकामा माकुराको जालो !

उजुरी पेटिकामा माकुराको जालो !

भैरहवा: सरकारी कामकाजलाई उत्तरदायी बनाउनका लागि सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका रित्तै हुने गरेका छन्। कार्यालयमा राखिएका उजुरी पेटिकामा सर्वसाधरणका गुनासो नपरेपछि उजुरी पेटिका रित्तै हुने गरेका हुन्। अधिकांश सरकारी कार्यालयको विषयमा जनगुनासो भएपनि उजुरी पेटिकामा नपर्दा प्रयोगबिहिन बन्दै गएका छन् ।

सर्वसाधरणको गुनासो सुन्न सबै सरकारी कार्यालयमा उजुरी पेटिका व्यवस्था गरिएको भएपनि छिटफुट बाहेक कुनै पनि गुनासा र उजुरी नपर्ने गरेको कार्यालयका प्रमुखहरु बताउँछन् ।सेवाग्राहीको भीड लाग्ने नगरपालिका कार्यालय, मालपोत कार्यालय, प्रशासन कार्यालय, प्रहरी कार्यालय लगायतका कार्यालयमा राखिएको उजुरी पेटिकामा जनगुनासो भन्दा माकुराको जालो र धुलो भेटिएको छ ।

कार्यालयमा राखिएको उजुरी पेटिकामा गुनासो लेखेर हालेपनि धुलो जम्ने बाहेक केही नहुने भैरहवा मालपोत कार्यालयमा भेटिएका एक सेवाग्राहीले अन्नपूर्ण पोस्टसँग बताए। उनले थपे,‘ मैले केही समय अघि सडक विस्तारको क्रममा कमसल समाग्रीको प्रयोग भइरहेको छ भनेर साविकको जिल्ला विकास समितिको उजुरी पेटिकामा उजुरी हालेको थिए तर केही भएन ।’

सेवाग्राहीको पहुँच कार्यालय प्रमुख सम्म हुनु, गुनासो सुन्ने अधिकारीको व्यवस्था र फोनले गर्दा सिधै गुनासा सुनाउने हुदाँ उजुरी पेटिकाको प्रयोग घटेको सरकारी कार्यालयका प्रमुख बताउँछन् ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कार्यालय सम्बन्धी लामो समयदेखि कुनै पनि उजुरी/गुनासो उजुरी पेटिकामा नपरेको कार्यालयका सूचना अधिकृत देव ज्ञवालीले जानकारी दिए। उनले प्रायजसो फोनमार्फत मौखिक गुनासो/उजुरी गर्ने गरेको कारण उजुरी पेटिकामा उजुरी/गुनासो नपर्ने गरेको बताए।

उनका अनुसार उजुरी पेटिकामा उजुरी नपरेपनि कार्यालयमा जग्गाको विषयमा बढी उजुरी दर्ता हुने गरेको छ। उनले उजुरी पेटिकामा लिखित उजुरी हालेमा कार्यान्वयन हुने/नहुने वा भएमा ढिलाई गरी कार्यान्वयन हुन सक्ने मानसिकताको विकासको कारणले फोन मार्फत नै मौखिक गुनासो/उजुरी गर्ने गरेको बताए ।‘कार्यालयमा उजुरी पेटिका राखिएको छ।

हामीले समय–समय खोलेर हेर्ने गरेका छौँ तर नगर क्षेत्रमा कसैलाई कुनै समस्या भएमा फोनबाटै गुनासो/उजुरी गर्ने गरेको कारण उजुरी पेटिका सधै रित्तै हुने गरेको छ ।’ उनले भने।सेवाग्राहीको भिडभाड हुने भैरहवा मालपोत कार्यालयको उजुरी पेटिकामा पनि लामो समयदेखि कार्यालय सम्बन्धि कुनै उजुरी÷गुनासो उजुरी पेटिकामा नपरेको मालपोत कार्यालयका सूचना अधिकृत दामोदर भण्डारीले बताए ।

सेवाग्राहीको लागि कार्यालय प्रमुख र गुनासो सुन्ने अधिकारीको समक्ष सहज पहुँचको व्यवस्था रहेको बताउँदै उनले भने,‘सेवाग्राहीलाई कुनै गुनासो भएमा कार्यालय प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष मौखिक रुपमा गुनासो गर्ने गरेको कारण उजुरी पेटिकामा गुनासो/उजुरी नपरेको हुनसक्छ। ’ उनले समय समयमा खोलेर हेर्ने गरिएपनि कुनै गुनासो/उजुरी नपर्दा उजुरी पेटिका सधै रित्तै हुने गरेको बताए


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.