लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौँः सिजनको मध्यान्तरपछि राम्रो फर्मममादेखिएको लिभरपुलले न्यूक्यासल युनाइटेडलाई सजिलै पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको प्रिमियर लिगको २९ औँ चरणको खेलमा लिभपुललाई जिताउन उत्कृष्ट लयमा रहेका मोहम्मद सालाह र साडियो मानेले एक–एक गोल गरे ।

लिभरपुल २–० ले विजयी भएको खेलको सालाहले ४० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ५५ औँ मिनेटमा रोबर्टो फिरमिन्होको पासमा मानेले गोल गरेपछि लिभरपुलले २–० को जित पक्का गर्यो ।

यो जितपछि लिभरपुल २९ खेलबाट ५० अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा २८ खेलबाट ७५ अंक जोडेको म्यानचेस्टर सिटी छ । सिटीले आज मध्यराति साविक विजेता चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.