भारतीय सेनाले नेपाली सेनालाई किन दियो ७ घोडा ?
![भारतीय सेनाले नेपाली सेनालाई किन दियो ७ घोडा ?](https://annapurnapost.prixacdn.net/media/albums/Nepal_army-5aabb7af809da8.80500703_JEQSBvYp7Y.jpg)
काठमाडौ : भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरुप विभिन्न सात प्रकारका घोडाघोडी दिएको छ। चितवनको भरतपुर स्थित सैनिक ईक्वाइन बृडिङ सेन्टरमा भारतीय सेनाले दिएएको ७ वटा घोडाघोडी नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले शुक्रबार एक समारोहकाबीच प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा प्रधानसेनापति क्षत्रीले बृडिङ सेन्टरबाट उत्पादन भएका घोडाघोडी नेपाल क्याभलरी, नेपालका मठमन्दिर र नेपाल प्रहरीलाई समेत उपलब्ध गराउँदै आएको वताएका छन्।
त्यसले मुलुकको आर्थिक व्यायभारमा समेत कमी आएको प्रधानसेनापति क्षत्रीको भनाइ छ। उक्त ईक्वाइन बृडिङ सेन्टरमा अहिले ६३ वटा घोडाघोडी तथा ५ वटा गधा छन्। बार्षिक रुपमा उक्त सेन्टरमा १४–१५ वटा बच्चा घोडाघोडी उत्पादन भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)