महिला आरोहीले मागे रोयल्टी मिनाहा

महिला आरोहीले मागे रोयल्टी मिनाहा

काठमाडौं : वसन्त ऋतुमा विभिन्न कीर्तिमान राख्न सगरमाथा आरोहण गर्ने महिलाले राज्यबाट लिने रोयल्टी मिनाहा माग गरेका छन्। साहसिक क्षेत्रमा महिलाको सहभागितासहित देशको नाम विश्वमाझ पुर्‍याउने लक्ष्य रहेको भन्दै उनीहरूले जनही ७५ हजार रुपैयाँ मिनाहा माग गरेका हुन्।

विश्व रेकर्ड राख्न यो सिजनमा एकै पटक १६ महिला सगरमाथाको आरोहण गर्ने तयारीमा छन्। आरोहणको ६५ बर्से इतिहासमा २६ नेपाली महिलाले मात्र सगरमाथा आरोहण गरेका छन्। सरकारले विभेद नगरी आरोही महिलालाई सहयोग गरिदिन आरोही डोमा शेर्पाले आग्रह गरिन्। विगतका वर्षमा पनि आरोहणको प्रकृति हेरेर सरकारले राजस्व मिनाहा गर्दै आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री तथा सचिवमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लगिएपछि सरकारले छुट दिने गर्छ। राजस्व छुटमा अर्थ मन्त्रालयको सहमति लिएर छुट दिने गरिन्छ।

सगरमाथा आरोहण गर्न ६ हजार मिटरमाथिका हिमाल आरोहण गर्नुपर्ने मापदण्ड पूरा गरी १६ जना महिला थप तयारीमा जुटेका छन्। आरोहीहरूमा गोरखाकी पूर्णिमा श्रेष्ठ, फुन्जो साङ्मु लामा, सोलुखुम्बुकी डोमा शेर्पा, पासाङ ल्हामु शेर्पा, लाक्पा याङ्जी शेर्पा, याङ्डी शेर्पा, दोलखाकी दाबुटी शेर्पा, छोकी शेर्पा, दादिकी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, संखुवासभाकी दिकी शेर्पा, रोशा बस्नेत, प्रियलक्ष्मी कार्की, कल्पना महर्जन, देउराली चाम्लिङ र रोजिता वज्राचार्य छन्। यी महिला महिना समानतादेखि बुद्ध नेपालमा जन्मिएका हुन्, कफी सन्देश, स्माइल फोटोलगायत अभियानका साथ आरोहण गर्ने तयारीमा छन्।

विश्व रेकर्ड राख्न यो सिजनमा एकै पटक १६ महिला सगरमाथा आरोहणको तयारीमा छन्।

नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा सहयोग गर्न महिलाको टोलीले अनुरोध गरेका थिए। शक्ति र पहुँचको भरमा मात्र राजस्व छुट दिनुभन्दा पनि आरोहीलाई समान व्यवहार गरी राजस्व मिनाहा गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले अनुरोध गरे। पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले आरोही महिलालाई थप उत्साह र ऊर्जा दिन सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

सन् १९५३ देखि हिमालसँग मानिसको प्रत्यक्ष सम्बन्ध जोडिए पनि आजसम्म २६ महिलाले मात्र सगरमाथा आरोहण गरेका छन्। नेपाली इतिहासमै पहिलो पटक सर्वोच्च शिखरमा धेरै महिलाले पाइला टेक्न लागेका हुन्। जापानी महिला जुनको ताबेई र २०५० सालमा सोलुखुम्बुकी पासाङ ल्हामू शेर्पाले सगरमाथा आरोहण गरिसकेका छन्।

संखुवासभाकी लाक्पा शेर्पाले आठौं पटक सगरमाथा आरोहण गरी महिलामा सबैभन्दा धेरै पटक आरोहणको कीर्तिमान बनाइसकेकी छन्। दोलखाकी दाबा याम्जुङ शेर्पा, ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पालगायतले सगरमाथा आरोहण गरिसकेका छन्। दोलखाकी दाबा याम्जुङ शेर्पा भने एसियामै पहिलो अन्तर्राष्ट्रिय गाइडसमेत बनिसकेकी छिन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.