खुमबहादुर खड्काकोे उपचारमा आर्थिक अभाव, कार्यकर्ता रकम बटुल्दै

खुमबहादुर खड्काकोे उपचारमा आर्थिक अभाव, कार्यकर्ता रकम बटुल्दै

तुलसीपुरः निमोनिया र मिर्गाैला समस्माले दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काको उपचारका लागि पैसा अभाव भएको छ ।

भेन्टिेलटरमा राखेर उपचार भइरहेको अवस्थामा रकम अभाव भएको खड्का परिवारले जनाएको छ । खड्काका साइँला दाजु कृष्णबहादुरले उपचारका लागि आर्थिक अभाव रहेको बताए ।

उनले दैनिक कम्तिमा ८० हजार भारतीय रुपैयाँ खर्च हुने भएकाले आर्थिक समस्या बढ्दै गएको बताए । ‘उपचारका लागि आर्थिक समस्या बढ्दै गएको छ’, उनले भने, ‘राज्य र पार्टीले अहिलेसम्म उपचारमा ध्यान दिएको छैन । यो विषयमा पार्टी र सरकारले सोच्नु पर्ने हो ।’

खड्काको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको कृष्णले जानकारी दिए । खुमबहादुर उपचारमा आर्थिक अभाव भएपछि शुभेच्छुकहरुले दाङबाट केही रकम संकलन गरेर पठाउन थालेको नेपाली काग्रेस दाङ–२ का सभापति भुपबहादुर डाँगीले बताए ।

डाँगीले देशमा प्रजातन्त्र स्थापना गर्ने, बिपीका सहयात्री खड्काको उपचारमा राज्यले उदासिनता देखाएको आरोप लगाए । ‘खड्का राज्यका मान्छे हुन्, उहाँलाई राज्यले उपचारमा सहयोग गर्नुपर्छ’, डाँगीले भने, ‘अहिलेसम्म बेवास्ता हुदा हामी निराश भएका छौँ ।’

डाँगीले मुत्युसँग लडिरहेका खड्काको उपचारमा आर्थिक अभाव हुन नदिन आम कार्यकर्ताहरु लागे पनि राज्य उदाशीन हुनु राम्रो नभएको बताए ।

कांग्रेसका पुर्व सभापति गेहेन्द्र गिरीले उपचारका लागि आर्थिक अभावको समाधान राज्यले गरिदिनुपर्ने बताए । ‘राज्यले सहयोग गरेन, कार्यकर्ताले केही सहयोग गरिरहेका छौँ’, गिरिले भने, ‘राष्ट्रको नेतालाई उपचारमा आर्थिक समस्या आउन दिनुहुँदैन ।’

२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । मृगौला, स्वास प्रस्वाश र निमोनियासम्बन्धी समस्याका कारण खड्का गम्भीर बिरामी परेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.