गर्मीमा खरबुजाको सर्वत (बनाउने विधिसहित)

गर्मीमा खरबुजाको सर्वत (बनाउने विधिसहित)

गर्मीबाट तुरुन्‍त राहत पाउनका लागि खरबुजाको सर्वत राम्रो मानिन्‍छ।खरबुजामा म्याग्नेसियम, सोडियम, फस्पोरस, पोटासियम, क्याल्सियम, आइरन, भिटामिन बी तथा ई पाइन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि हुन दिँदैन।

खरबुजाले तौल घटाउनुका साथै मृगौलाको समस्या हटाउनमा सहयोग पुर्‍याउँछ।त्यसैले गर्मी मौसममा खरबुजाको बिक्री धेरै हुनेगर्छ।यसको बाहिरको बोक्रा निकालेर भित्री भागलाई खाने गरिन्छ।

खुरबुजाबाट सर्वत बनाउन सकिन्छ।सर्वत बनाउन धेरै सामग्रीको आवश्यकता पर्दैन।बनाउने विधि पनि सजिलो छ।पहिलो कुरा कतिजनाको लागि सर्वत बनाउने हो सो कुरामा ध्यान दिनुपर्छ। त्यसपछि त्यहीअनुसार खर्बुजा र सर्वतलाई आवश्यक पर्ने सामग्री तयार पार्नुपर्छ।

सर्वतका लागि आवश्‍यक सामग्री

- एउटा खरबुजा

- एक चम्चा कागतीको रस

- दुई चम्चा चिनी

- ४,५ टुक्रा वरफ

 

विधि
सबैभन्दा पहिले खरबुजालाई छिलेर सफा गर्नुपर्छ।भित्री भागमा भएको बिउलाई निकालेर बाँकी भागलाई सानो सानो टुक्रा पारी मिक्सरमा राख्‍नुपर्छ।त्‍यसमा तयार पारिएको चिनी र कागतीको रस राख्‍नुपर्छ।त्यसपछि मिक्सरमा पिस्नुपर्छ। यसरी तयार पारिएको सर्वत छानेर गिलासमा राख्‍नुपर्छ।अन्‍तमा सर्वत पिउनै लाग्दा त्यसमा आइसको दुई तीन टुक्रा राख्‍नुपर्छ।यसरी तयारी पारिएकाे सर्वत पिउँदा गर्मीबाट तुरुन्तै राहत मिल्छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.