राष्ट्रपतिको सवारीमा सडक खाली
प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा सम्बोधन जाने क्रमम खाली गरिएको एयरपोर्ट तीनकुने सडकखण्ड । ४ बजे संसदमा सम्बोधन गर्नेगरी राष्ट्रपति भण्डारी बालुवाटार, गौशाला, तीनकुने रुटहुँदै शान्तिनगर पुगेर बग्गी चढेकी छिन् । प्रहरीले यसपटक कम सवारी चाप हुने सडकलाई राष्ट्रपतिको सवारी रुट बनाएको थियो। शीतल निवास, एकदेवी मोड, बालुवाटर, भाटभटेनी, नक्साल भगवती, लुस्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, गोल्डेनगेट कलेज, सिनामंगल, तीनकुने, शान्तिनगर हुँदै राष्ट्रपति भण्डारी बानेश्वर पुगेकी छिन् । तस्बिर : छेटु शेर्पा