चालक र सहचालकलाई नियुक्ति-पत्र : गाडीमा गीत बजाउँदा रोयल्टी अनिवार्य

चालक र सहचालकलाई नियुक्ति-पत्र : गाडीमा गीत बजाउँदा रोयल्टी अनिवार्य

काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएको छ। आइतबारदेखि लागु भएको नयाँ नियम अनुसार अब सार्वजनिक सवारी साधनमा काम गर्ने मजदूरलाई नियुक्ति-पत्र अनिवार्य गरिएको छ।

यो नियम लागू भएसँगै अब सार्वजनिक सवारी साधनमा काम गर्ने चालक र सहचालकलाई कम्पनीले सुविधाको विवरणसहितको नियुक्ति-पत्र दिनुपर्ने छ।

यो प्रक्रियाले सार्वजनिक सवारी साधनमा बालश्रमको अन्त्य हुने विश्वास यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको छ। सवारी धनीले जथाभावी बालबालिका प्रयोग गर्ने र सेवा सुविधामा मनोपोली गर्ने पद्धतिको अन्त्य गर्न विभागले यस्तो नियमलाई अनिवार्य गरेको हो। यो प्रक्रियाले बेरोजगार युवाको लागि रोजगारीको ग्यारेन्ट गर्ने महानिर्देशक भट्टराईको भनाइ छ।

सार्वजनिक सवारीमा रोयल्टी नतिरी गीत बजाउन नपाइने

सँगै विभागले ल्याएको नयाँ नियम अनुसार अब सर्वजनिक सवारी साधनले रोयल्टी नतिरेसम्म गीत बजाउन नपाउने भएका छन्। यातायात व्यवस्था कार्यविधि निर्देशिका २०६० को संशोधन गर्दै विभागले यस्तो नियम ल्याएको हो।

सार्वजनिक सवारीले न्यूनतम एक हजारदेखि दुई हजारसम्म वार्षिक रोयल्टी तिर्नुपर्छ। नियम अनुसार सार्वजनिक सवारी साधनले संगीत रोयल्टी चुक्त प्रमाणपत्र पेश नगरेसम्म सवारी साधनको नविकरण र नयाँ दर्ता गर्न पाउने छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.