नेपाली दूतावासले भन्यो: युएई आउने कामदारलाई चारित्रिक प्रमाणपत्र चाहिँदैन
![नेपाली दूतावासले भन्यो: युएई आउने कामदारलाई चारित्रिक प्रमाणपत्र चाहिँदैन](https://annapurnapost.prixacdn.net/media/albums/20180412074346_UAE-5ac0ef6fdb4468.46897248_VTCUQkqq9Q.jpg)
काठमाडौँ: संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले त्यहाँ रोजगारीका लागि जाने नयाँ कामदारले प्रहरीबाट चारित्रिक प्रमाणपत्र लिनु नपर्ने जानकारी दिएको छ ।
दूतावासले आइतवार एक नोट जारी गर्दै दूतावासले त्यहाँस्थित सरकारले आफ्नो मुलुकमा नयाँ कामदार भिषामा आउने विदेशी नागरिकहरूले अब प्रहरीबाट जारी असल चरित्र र अनुशासन रहेको प्रमाण पत्र ल्याउने व्यवस्था तत्कालका लागि हटाएको जानकारी दिएको छ ।
यो ब्यवस्था कामदार भिसामा जाने नेपालसहित ८ देशका नागरिकका लागि त्यहाँको सरकारले ४ फेब्रुअरीदेखि लागू गरेको थियो । यो प्रमाणपत्रका लागि नेपाली कामदारले प्रतिव्यक्ति ४५ सय रुपैयाँ अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको थियो । १ अप्रिल अर्थात् आजैबाट लागू हुने गरी हटाएको जानकारी युएईस्थित नेपाली दूतावासले दिएको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)