रकम दुरुपयोग आरोपमा लेखा अधिकृत पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको रकम दुरुपयोग गरेको अभियोगमा खाँदबारी नगरपालिका कार्यालय संखुवासभाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार श्रेष्ठले बैंकबाट अनाधिकृत रकम झिकेर अनियमितता गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । रासस
प्रतिक्रिया दिनुहोस !