जाजरकोटको लोक नृत्य काठमाडौंमा देखाइने

जाजरकोटको लोक नृत्य काठमाडौंमा देखाइने

जाजरकोट : रोग, भोग र अभाव मात्र परिचय बनाउँदै आएको जाजरकोटको परिचय बदल्न २१ चैत्रमा राजधानी काठमाडौंमा संस्कृतिक प्रर्दशनी हुने भएको छ। जाजरकोटमा अभाव मात्र होइन यहाँ थुपै्र संभावना पनि छ भन्ने सन्देश फैलाउन संस्कृतिक प्रर्दशनी गर्न लागिएको हो।

अन्य क्षेत्रमा पछि परेको भएपनि जाजरकोट कला र संस्कृतिमा धनी छ। जाजरकोट जिल्लाको चिनारीका रुपमा रहेका ऐतिहासिक तथा पौराणीक रैथाने लोक नृत्य तथा संस्कृति प्रदर्शनी गरिने भएको हो। काठमाडौंमा बसेर सामाजिक क्षेत्रमा काम गर्दै आएका जाजरकोटका युवाको अग्रसरतामा उक्त प्रर्दशनी हुन लागेको राष्ट्रिय प्रर्दशनी मुल आयोजक समितिका संयोजक पार्वती थापाले जानकारी दिइन।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने प्रर्दशनी राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सभागृहमा हुनेछ। देशमै जाजरकोटमा मात्र नाचिने ऐतिहासिक महत्व बोकेको खाँडो नाच प्रर्दशनीको मुख्य आर्कषण हुनेछ भने स्थानीय सरिङ्गे ( मयुर ) नाच, ख्याली नाच, सिंगारु नाच र पैसेरु नाच पनि प्रर्दशन गरिनेछ।
जिल्लाका अन्य पौराणीक देउडालगायतका लोक भाका र लोक नृत्य समेत प्रर्दशनी गरिने संयोजक थापाले बताइन।

जिल्लाको परिचयलाई बदलेर पर्यटन प्रवद्र्धनमा योगदान गर्न रैथाने लोक नृत्यलाई राष्ट्रियकरण गर्नका लागि काठमाडौंको सभागृहमा प्रर्दशनी गर्न लागिएको आयोजकले जानकारी दिएको छ। कर्णाली प्रदेशको जाजरकोटका ऐतिहासिक विषयवस्तु समेटिने गरी  प्रदर्शनले जिल्लाको परिचय रुपान्तरण गर्नमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।

उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। प्रदर्शनीका लागि सभागृहमा गरिने तयारीका काम सबै पुरा भइसकेको मुल आयोजक समारोहका संयोजक थापाले जानकारी दिइन। कलाकारको टोली जाजरकोटबाट राजधानीतर्फ प्रस्थान गरिसकेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.