नौ हजार घुससहित घेरलु उद्योगमा कार्यरत अधिकृत इन्दिरा गौतम पक्राउ
काठमाडौं : त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत उद्योग अधिकृत इन्दिरा गौतम (खनाल) घुससहित पक्राउ परेकी छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ‘काठमाडौं हिडन टे«ेजर्स’ सिलाई बुनाई उद्योग दर्ता प्रयोजनका लागि पुगेका सेवाग्राहीसँग घुस लिएको आरोपमा गौतम पक्राउ परेकी हुन् ।
९ हजार घुस लिएको आरोपमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुने मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
प्रतिक्रिया दिनुहोस !