निकुञ्जमा 'रात्रि गस्ती' सुरु

निकुञ्जमा 'रात्रि गस्ती' सुरु

रत्ननगर, चितवन : चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न 'रात्रि गस्ती' टोली परिचालन गरेको छ।निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

मुख्यगरी राति वन्यजन्तु तस्करको खतरा हुने भएकाले वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेना, स्थानीय समुदाय र वन्यजन्तु प्रविधिज्ञसहितको टोलीलाई गस्तीमा परिचालन गरिएको हो।

निकुञ्जको विभिन्न सेक्टरले आ–आफ्नो समय मिलाएर गस्ती गरिरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ। दुर्लभ एकसिंगे गैंडा र पाटेबाघको मुख्य वासस्थान चितवन निकुञ्ज हो।

विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ।यो उपलव्धिलाई कायम राख्न समेत चुनौती भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर राति टोली परिचालन गरिएको निकुञ्जले जनाएको छ।

राति ९ बजेदेखि शुरु हुने गस्ती बिहान ४ बजेसम्म नै चल्नेछ। उनका अनुसार पूर्वी सेक्टरमा मात्रै दुई टोली परिचालन गरिएको छ।'तस्करको निगरानी त छुट्टै छ, जंगलबाट चर्दै बस्ती नजिक आएका वन्यजन्तुको सुरक्षामा समेत टोली रातभर नै खटाइने गरिएको छ,' पाठकले बताए।

बस्ती नजिक आएका वन्यजन्तुबाट धनजनको क्षति हुने र तस्करले समेत निशाना बनाउनसक्ने भएकाले त्यस्ता वन्यजन्तुका लागि टोली नै परिचालन गरेर रात्रि गस्ती सुरु भएको निकुञ्जले जनाएको छ।

चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिंगे गैँंडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायतका पाइन्छन्। निकुञ्जको तथ्याँकमा चितवनको पूर्वी क्षेत्रमा मात्रै ६० भन्दा बढी गैँंडा छन्। निकुञ्जमा पछिल्लो गणनामा ६०५ गैंँडा र १२० पाटेबाघ रहेको तथ्याँक छ।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.