सांसद सुवालको गम्भीर आरोप: सरकार मान्छे किनबेचमा सक्रिय

सांसद सुवालको गम्भीर आरोप:  सरकार मान्छे किनबेचमा सक्रिय

जुम्ला: नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले सरकारले मान्छेको ब्यापार गरिरहेको आरोप लगाएका छन् । पार्टीको १३ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्न जुम्ला पुगेका सांसद सुवालले युवायुवतीलाई वैदेशिक रोजगारीको नाममा बेचेर सरकार मान्छे ब्यापारमा सक्रिय रहेको दावी गरेका हुन् ।

‘सरकारले निर्यात गर्ने भनेको युवायुवती मात्र हो । अरु केही निर्यात गर्न सकेको छैन । निश्चित समयका लागि खाडी मुलुकमा युवायुवती बेचेरै भित्रिएको रेमिट्यान्सबाट सरकार चलेको छ, तर तिनै युवायुवतीको हितका लागि सरकारले केही गर्न सकेको छैन’ उनले भने, ‘नेपालमा रोजगारी र आम्दानीको प्रचुर सम्भावना भएपनि सरकारले स्रोत साधानको सही उपयोग गर्न नसक्दा युवायुवती बेचिन बाध्य छन् ।’

वैदेशिक रोजगारका नाममा ७० लाख बढी युवायुवती सरकारले विदेश निर्यात गरेको तर्क गर्दै सुवाले उनीहरुलाई स्वदेशमै रोजगारी दिने सरकारले निति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयनमा पछि हटेको बताए । वैदेशिक रोजगारीकै कारण कतिपयको घरबार विछोडदेखि खाडी मुलुकमै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सरकारले अन्त्य गर्न नसकेको उनको भनाइ छ ।

‘सरकारमा नेतृत्व गर्ने ब्यक्तिहरु असल र दक्ष नभएकै कारण नेपाल अर्थतन्त्र देखी सीमा सुरक्षामा कमजोर हुँदै गएको छ’, उनले भने, ‘त्यसैले वैदेशिक रोजगारीलाई शून्यमा झारेर देशमा समाजवाद व्यवस्था लागू नभएसम्म हाम्रो पार्टी सरकारमा जाँदैन ।’

एमाले–माओवादी मिल्दैनन्

एक फरक प्रसंगमा माओवादी र एमालेबीचको पार्टी एकता नहुने पनि उनले दावी गरेका छन् । ‘नेपालको संविधान २०७२ मा राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख फरक फरक पार्टीबाट हुनुपर्ने व्यवस्था छ । माओवादी–एमाले पार्टी एकता गर्ने भन्छन्, तर देशको प्रमुख पदमा एउटै पार्टीका व्यक्ति हुँदासंविधान विपरित हुन्छ’, उनले भने, ‘उनीहरु पद र पैसाका भोगी छन्, कसरी पार्टी एकता हुन्छ । एमाले र माओवादीले एकता भनेर जनतालाई भ्रमित बनाउन खोजिरहेका छन्, त्यसमा सत्यता छैन ।’


सुवालले प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भारतसँग यो माग्छु त्यो माग्छु भन्दा नेपाल मगन्ते जस्तो भएको टिप्पणी गरे ।

‘हामीले देशमा केही गर्न नसक्ने सधैँ अरुको मुख ताक्नु पर्छ भने नागरिकले लोकतन्त्रको आभास कसरी गर्ने ? लोकतन्त्र खाली नारामै मात्र सीमित छ । देशका राष्ट्रपति र प्रधानमन्त्री बाहिर निक्सदा काठमाडौँको चक्रपथ घण्टौँ जाम हुन्छ’, उनले भने, ‘यसरी लोकतन्त्र र संघीयता कार्यान्वयन हुँदैन।


फोटो क्याप्सन ः पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद प्रेम सुवाल । तस्विर ः नन्दराम जैसी ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.