अभिषेक गिरीलाई सार्दा विराटनगर जेलमा आन्दोलन

अभिषेक गिरीलाई सार्दा विराटनगर जेलमा आन्दोलन

विराटनगर : अकुत सम्पति आर्जन र गैरकानुनी असुलीलगायत मुद्दा मोरङ जिल्ला कारागारमा थुनामा रहेका अभिषेक गिरीलाई सरुवा गरिएको भन्दै कैदीबन्दी आन्दोलित भएका छन्। ‘गुण्डा नाइके’ का रुपमा विराटनगर क्षेत्रमा बद्नाम उनी कारागारमा भने चौकीदार थिए।

गिरीलाई कारागार प्रशासनले शुक्रबार विराटनगरबाट अन्यत्र सार्न लागेसँगै कारागारका कैदीबन्दीले नाराबाजी गर्दै विरोध गरेका हुन्। तर, कारागार प्रशासनले गिरीलाई सरुवा गरिएको विषयमा केही बताएको छैन। शुक्रबार अपरान्हसम्म कारागारको छतमा चढेर कैदीबन्दीले नाराबाजी गर्न थालेपछि जेल परिसरभित्र र बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। गिरी अवैध सम्पति आर्जन, अपहरण, असुलीलगायत मुद्दामा कारागार चलान भएका थिए।

नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलमा सक्रिय गिरी अवैध असुलीलगायत गलत धन्दामा सक्रिय भइ एकाएक चर्चामा आएका थिए। पछिल्लो समय कारागारको चौकीदारको रुपमा जिम्मेवारी पाएपछि भित्रै अवैध आर्थिक गतिविधि र कमाइ गर्न थालेको आरोप उनीमाथि लाग्दै आएको छ। कारागारबाटै भाइलाई विराटनगरबाट अन्यत्र सारिएको दाबी गर्दै उनकी कान्छी दिदी रीना गिरी दाहालले भनिन्, ‘उनलाई अरु धेरै फसाउन नयाँ–नयाँ आरोप लगाएकार सारेका हुन।’

विराटनगरको हाटखोलामा अवस्थित कारागारका कैदीबैन्दीले निकै चर्को र ठूलो स्वरमा गिरी सरुवाको विरोध गर्दै नाराबाजी गर्न थालेपछि सडकमा रमिता हेर्नेको भीड नै लागेको थियो। भिडका कारण सडकमा आउजाउ गर्न नै समस्या हुँदा ट्राफिक जाम भएको थियो। मोरङ कारागारका जेलर शंकर पौडेलले आफू भर्खरै सरुवा भएर विराटनगर आएको र जेलको आन्दोलन तथा चौकीदार गिरीको सरुवाको विषयमा जानकारी नभएको बताए। ‘मलाई यस विषयमा थाहा छैन्,’ उनले भने।

गिरीलाई काठमाडौं सारिएको भनिए पनि पौडेलले यसको पुष्टि गरेनन्। प्रहरीले शुक्रबार अपरान्ह ३ बजे निकै ठूलो सुरक्षासहित रातो रंगको कारमा राखेर गिरीलाई जेलबाट बाहिर निकालेको थियो।

जेलमा बसेर पनि आर्थिक कारोबार गरेको र जेलभित्रै कमाई गरेको भन्ने मिथ्या आरोप लगाउनु सरासर गलत भएको बताउँदै गिरीकी दिदी रिनाले भनिन्,‘हामीले भाइको ज्यानको सुरक्षा गरिपाउँ भन्ने व्यहोराको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत गराई कारागार प्रशासनलाई जानकारी गराएका छौं।’ उनले आफ्ना भाइलाई अरु फसाउनका लागि षडयन्त्र भएको आरोप पनि लगाइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.