भीरबाट लडेर वडा सदस्यको मृत्यु
बाजुरा : भीरबाट लडेर बडिमालिका–३ का वडा सदस्य टेकबहादुर चँदाराको मृत्यु भएको छ । डालेघाँस काट्ने क्रममा शनिबार भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए ।
दलित कोटाबाट निर्वाचित चँदाराले गाउँको विकासका लागि ठुलो भूमिका खेलेको वडाध्यक्ष वीरबहादुर रावलले बताए । ३३ वर्षीय चँदाराका दुई छोरी, एक छोरा र श्रीमती छन् ।
उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !