कर्णालीवासीलाई छिट्टै हवाई सुविधा

कर्णालीवासीलाई छिट्टै हवाई सुविधा

दुनै : कर्णालीका जनताले छिट्टै हवाई सुविधा पाउने भएका छन्। प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको विशेष व्यवस्थापनका लागि गृहजिल्ला पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले डोल्पाको जुफाल विमानस्थलामा पत्रकारसँग यस्तो बताएका हुन्।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका राज्यमन्त्री बुढाले दुई महिनाभित्र कर्णालीका जनताले हवाई सेवा उपभोग गर्न पाउने दाबी गरे। इतिहासमै पहिलो पटक स्थायी सरकार बनेकाले जनताले पूर्ण रूपमा सरकारी सेवा महसुस गर्ने गरी हवाई उडान र पर्यटनको विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइसकेकाले कर्णालीका जनताले छिटोभन्दा छिटो हवाई सेवा पाउने राज्यमन्त्री बुढाले बताए। नेपाल एयरलाइन्सको उडान थप गर्नुका साथै अन्य निजी कम्पनीका जहाजलाई पनि भाडादरमा एकरूपता गरी सबै जहाज नेपालगन्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन हुने उनको भनाइ छ। प्राधिकरणले निजी विमान कम्पनीसँग सिट व्यवस्थापन गरेरै भए पनि हिमाली तथा दुर्गम जिल्लामा उडान सहज बनाउने तयारी गरेको छ।

राज्यमन्त्री बुढाले डोल्पाको जुफाल विमानस्थल निरीक्षण गरेका थिए। धावनमार्ग साँघुरो भएका कारण अब प्राविधिकसँग छलफल गरी धावनमार्गको क्षमता विस्तार गर्ने उनले बताए। जति धेरै जहाज भिœयाउन सक्यो, त्यति नै डोल्पामा पर्यटक भित्रिने र स्थानीयको आयस्तरमा वृद्धि हुने उनको भनाइ छ। ‘पैदल, हवाई तथा सडकमार्गबाट कर्णालीमा पर्यटक भिœयाउँछौँ’, उनले भने।

कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक तथा बहुमूल्य जडिबुटीले पूर्ण रहेको उनले बताए। ‘आन्तरिक सडक विस्तार, पर्यटकीय मार्ग निर्माण, स्तरोन्नति, पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा संरक्षणका लागि सरकारले कुनै कसर बाकी राख्दैन’, बुढाले भने, ‘तर त्यसमा स्थानीयले साथ दिनुपर्छ।’

डोल्पाबाट पहिलो पटक राज्यमन्त्री पाएका डोल्पाका जनता बुढालाई स्वागत गर्न विमानस्थलमा आएका थिए। उक्त अवसरमा सर्वसाधारणले सडकको पहुँच नपुगेको जिल्लामा हवाई सेवा कहिले पाउँछौ भन्ने प्रश्न गरेका थिए। आफ्नै जिल्लाको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा पनि टिकटमा सास्ती भोग्नुपरेको उनीहरूको गुनासो छ।

वैशाख १ गते मुगुको रारामा हुन लागेको कर्णाली रारा पर्यटन महोत्सव उद्घाटनमा प्रधानमन्त्री केपी ओली जाँदै छन्। उनले शुक्रबार से–फोक्सुन्डो तालको हवाई भ्रमण गरी बालात्रिपुरासुन्दरी माताको मन्दिरमा पूजा गर्ने कार्यक्रम छ। उक्त अवसरमा जिल्लाका सबै जनता भेला हुने र एक घण्टाको कार्यक्रममा सहभागी हुने एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले जनकारी दिए। प्रधानमन्त्री आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.