नयाँ वर्ष मनाउन गएका दुई युवा कालीगण्डकीमा बेपत्ता
पाल्पा: पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका-३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।
बगनासकाली गाउँपालिका-८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताए । बेपत्ता युवाको खोजी भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
३