प्रदेश २ मा विश्वविद्यालय स्थापना गर्न माग

प्रदेश २ मा विश्वविद्यालय स्थापना गर्न माग

जनकपुरधामः प्रदेश २ मा पछिल्लो समय खस्केको शैक्षिकस्तर विश्वविद्यालय स्थापनाका लागि सरकारले उच्च प्राथमिकताका साथ पहल थाल्नुपर्ने माग प्रदेशसभा सदस्यहरुले गरेका छन् । 

प्रदेश सरकारद्वारा सदनमा प्रस्तुत नीति तथा कार्यक्रममाथि सोमबार भएको दफाबार छलफलमा सुझाव राखेका अधिकांश प्रदेशसभा सदस्यहरुले विश्वविद्यालय स्थापनालाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने माग गरेका हुन् । 

सरकारको नीति तथा कार्यक्रममा शिक्षा सुधारलाई विशेष जोड दिइए पनि यसको कार्यान्वयनका लागि सर्वप्रथम् विश्वविद्यालय निर्माण गर्नेतर्फ काम थाल्नुपर्ने प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माको भनाई थियो । 

विश्वकर्माले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव समेत दर्ता गराएका थिए । तर, उनले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिए । सरकारको प्रस्तावमाथि संशोधन दर्ता गराएका नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले सरकारले आफ्नो नीति तथा कार्यक्रममा राजर्षी जनक विश्वविद्यालयको कुनै कुरा समावेश नगर्नु दुःखद रहेको बताए । 

उनले भने, ‘यस प्रदेशमा शिक्षाको अवस्थालाई सुधार गर्न राजर्षी जनक विश्वविद्यालयको स्थापनाको प्रकृया सुरु भइसकेकाले प्रदेश सरकारले यसको कामलाई यथाशिघ्र पुरा गराउन विशेष प्रयास थाल्नु पर्ने हो ।’ 

प्रदेश सरकारले नीति तथा कार्यक्रममा संस्कृति संरक्षणका लागि विशेष कार्ययोजनाहरु ल्याइने भनेपनि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने कुरा उल्लेख नगरेकोमा प्रदेशसभा सदस्य किशोरी साहले सदनलाई ध्यानाकर्षण गराए । 

सरकारको नीति तथा कार्यक्रममा अपाङ्गहरुको हकअधिकारका लागि कुनै विशेष कार्ययोजना नल्याइएको कुरा औल्याउँदै प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहले अपाङ्गमैत्री नीति ल्याउन सरकारलाई अनुरोध गरे । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.