विपिनाको चित्र चन्द्रमामा

विपिनाको चित्र चन्द्रमामा

काठमाडौं : भाइबहिनीहरू, तिमीहरूले बनाएका कुनै पनि वस्तु चन्द्रमामा पुग्ने भयो भने कति खुसी हुन्छौ होला है ?       हो, यस्तै अपार खुसीको अनुभूति गरिरहेकी छिन् विपिना शर्माले । कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विपिनाले बनाएको चित्रकला चन्द्रधरातलमा पठाइने भएको छ ।

बौद्धनाथको स्तूपा, जात्रा, पर्व, बागमती सभ्यता, पशुपतिनाथलगायतका नेपालका प्रमुख विशेषता र विशिष्ट चिनारीहरूलाई संक्षेपमा झल्काउने उक्त चित्रकला नेपालको प्रतीकात्मक प्रतिनिधि चिनोका रूपमा चन्द्रमामा प्रेषण गर्न लागिएको पहिलो वस्तु रहेको विद्यालयको दाबी छ । आफ्नो चित्रकला छनोटमा पर्दा निकै हर्षित र गौरवान्वित भएकी विपिनाको उक्त चित्रकलालाई विद्यालयमा भएको एक आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरिएको हो । विद्यालयकै उत्कृष्ट चित्रकारमध्येकी विपिनाको उक्त चित्रकलालाई सन् २०२० मा चन्द्रमा पुर्‍याइने भएको छ ।

पूर्वअमेरिकी राजदूत थियोडोर क्रोनमिलरको विशेष पहल तथा विज्ञान र प्रविधिका क्षेत्रमा क्रियाशील विद्यार्थीको संस्था एस्ट्रोबोटिक्स परियोजनाको सहयोगमा उक्त चित्रकला चन्द्रधरातलमा पठाइन लागेको हो । यसअघि पनि विद्यालयले स्टिम कक्षा र ड्रोन परियोजना सफलतापूर्वक सञ्चालन गरिसकेको छ ।

उक्त चित्रकलालाई हालै आयोजित एक कार्यक्रमबीच विद्यालयका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले प्रतिकृति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई हस्तान्तरण गरे भने चित्रकलाको प्रतिकृति नेपालस्थित अमेरिकी राजदूतावासलाई समेत प्रदान गरिएको छ ।

ज्ञानेश्वरस्थित ‘कारखाना’ नामक शैक्षिक परियोजनामा आयोजित कार्यक्रमका बीच सो प्रतिकृति काञ्जीरोवाका विद्यार्थीले अमेरिकी दूतावासका सार्वजनिक मामिला अधिकृत ट्रिस्ट्रम पेरीलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा पेरीले अन्तरिक्षमा नेपालका तर्फबाट काञ्जीरोवाले प्रारम्भ गरेको प्रयासको प्रशंसा गरे । स्टिम परियोजना सञ्चालन गरी काञ्जीरोवाले विद्यालय तहमै वैज्ञानिक शिक्षा प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय कार्य गरेको पनि उनले बताए ।

पूर्वअमेरिकी राजदूत थियोडोर क्रोनमिलर तथा विज्ञान र प्रविधिका क्षेत्रमा क्रियाशील नेपाली विद्यार्थीको संस्था नेपाल रोबोटिक्स परियोजनासँगको सहकार्यमा विगत केही वर्षदेखि विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयक ‘स्टिम’ प्रयोगशाला स्थापना गरी ड्रोन परियोजनासमेत सञ्चालनमा ल्याइएको छ । रोबोटिक्स एसोसिएसन नेपालले विद्यालयमा स्टिम कक्षासमेत सञ्चालन गर्दै आएको छ ।

अमेरिकाका युवा वैज्ञानिक माइकल क्रोनमिलरले विद्यालयको ड्रोन परियोजना सञ्चालनमा विगत आधा दशकदेखि सहयोग गर्दै आएका छन् । पृथ्वीलाई अन्तरिक्षसँग जोड्ने उक्त परियोजनाको अभियानअन्तर्गत विद्यालयका विद्यार्थीद्वारा निर्मित चित्रकलामध्येबाट उत्कृष्ट चित्रकला छनोट गरी चन्द्रधरातलमा पठाउने व्यवस्था मिलाइएको हो ।

वर्तमान युगमा अत्यावश्यक मानिएको विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई एकीकृत गरी निर्माण गरिएको स्टिम शिक्षा परियोजनाका प्रमुख सहयोगदाता एवं पूर्वअमेरिकी राजदूत थियोडोर क्रोनमिलरले आगामी दिनमा विद्यालय र नेपालकै लागि अमेरिकाले प्राविधिक शिक्षाका क्षेत्रमा अझ धेरै सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालबाट पहिलोचोटि कुनै पनि नयाँ वस्तु चन्द्रधरातलमा पुग्नु आफैंमा ऐतिहासिक भएकोमा पनि उनले खुसी व्यक्त गरे ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.