प्रदेश १ मा नाम र राजधानीकाे बहस

प्रदेश १ मा नाम र राजधानीकाे बहस

 विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम जुराउने र स्थायी राजधानी तोक्ने विषयमा धारणा ल्याउन संसदमा प्रतिनिधत्व गर्ने दललाई आग्रह गरेका छन् । मुख्यमन्त्री निवासमा बिहीबार छलफल आयोजना गरी मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको विषयमा धारणा ल्याउन आग्रह गरेका हुन् । 

छलफलमा प्रदेश सरकारले अब ल्याउने पूर्ण बजेट, नीति तथा कार्यक्रमको विषयमा साझा धारणा बनाउने विषयमा पनि छलफल भएको थियो । छलफलपछि राईले पत्रकारहरुसँग भने,‘दुवै विषयमा टुंगोमा पुग्न दलहरुको धारणा मागेको हुँ ।’

नामकरण र स्थायी राजधानीको विषयले प्रदेश संसदमा समेत प्रवेश पाएको छ । शुन्य समयमा बोल्ने सांसदले प्रदेश राजधानी र नामको टुंगो लगाएर अघि बढ्नु पर्ने बताएका छन् । तीन दिन देखि लगातार बसेको प्रदेश सभामा पनि राजधानी र नामाकरणको विषयले प्रवेश पाएको छ ।

 प्रदेश सभाको मंगलबार बसेको बैठकमा शू््न्य समय र सरकारका तर्फबाट प्रस्तुत भएको राजश्व र व्ययको अनुमान (बजेट) बारे भएको छलफलमा बोल्ने सांसदले राजधानी र प्रदेशको नामाकरणको विषय टुंगोमा पु¥याउनु पर्ने माग गरे । अहिले प्रदेशको अस्थायी राजधानी विराटनगर रहेको छ ।

शू््न्य समयमा बोल्दै प्रदेश सभा सदस्य विनदेवी राईले प्रदेशको राजधानी धनकुटा बनाउँदा उपयुक्त हुने बताउँदै भनिन्,‘राजधानीको लागि प्रदेशका सबै जिल्लाहरुको केन्द्र भागमा पर्छ । यहाँ प्रशस्तै सरकारी कार्यालय छन । धनकुटा नगरपालिकाले नै ४८ रोपनी जग्गा दिने भनेको छ । अरु थप्न पहल गर्नेछौं ।’

उनले  प्रदेश सभाले राजधानीको विषयलाई धेरै थाँती नराख्न माग गरिन ।प्रदेश सभा सदस्य शेखरचन्द्र थापाले नवजात शिशुको रुपमा प्रदेश सरकार तथा यसको संरचना तयार भई सकेकोले अब नामाकरण गर्न ढिलाइ गर्न नहुने बताउँदै भने,‘अब नाम राख्ने कि नराख्ने,स्थायी राजधानी तोक्ने किन तोक्ने भन्ने महत्वपूर्ण विषय छ ।

उनले प्रदेश स्थायी राजधानी तोकेर स्थायी संरचना निर्माणको प्रक्रियामा जानुपर्ने भन्दै सदनको ध्यानाकर्षण गरे । प्रदेश सरकारले ल्याएको बजेट कनिका छरे जस्तो मात्र भएको र सम्भाव्य आय तथा स्रोतको विषयमा बजेट मौन रहेको उनको टिप्पणी थियो ।

प्रदेश सभा सदस्य रामचन्द्र लिम्बूले अब प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा छलफल अघि बढ्नु पर्ने बताउँदै भने,‘राजधानीको विषय जनसरोकारको विषय हो । अब कहाँ तोक्ने भन्ने निर्णय हुनुपर्छ । धनकुटावासीले ठूलो आन्दोलन गरेका छन् उतै राजधानी तोक्नु पर्छ ।’  

लिम्बूले बजेटको विषयमा भन्दा राजधानीको विषयमा बढी समय लिए पछि सभामुख प्रदीपकुमार भण्डारीले विषयान्तर नगरी बजेटका विषयमा आफ्ना सुझाव राख्न ध्यानाकर्षण गराएका थिए । लिम्बूले सरकारले ल्याएको बजेटले पर्यटन प्रवद्र्धनमा अझ धेरै विषय समेट्नु पर्ने सुझाव दिए ।

प्रदेश सभा सदस्य सर्वध्वज साँवाले संसद भवन इटहरीमा सार्न सकिने बताउँदै त्यहाँ धेरै सरकारी जग्गा तथा संरचना रहेको बताए । भने,‘रेशम खेती कार्यालय, जुट विकास जस्ता सरकारी निकायका जग्गा अनि संरचना छन् । उद्योग वाणिज्य संघकै सभा हललाई पनि प्रयोग गर्न सकिन्छ ।’

उनले इटहरी विकासका दृष्टिले आफै आफ्नो जगमा उभिएको ठाउँ भएको चर्चा गर्दै साँवाले पुरानो ठाउँमा टालटुले काम नगर्न र नयाँ ठाउँमा नयाँ संरचना बनाउन पहल निर्माण हुनु पर्ने माग गरे ।अर्का प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेतले सोलुखुम्वुबाट प्रदेश राजधानी आउन दुई वटा प्रदेश पार गरेर आउनु पर्ने बाध्यता रहेको बताउँदै विराटनगरसम्म सिधा हवाई उडानको व्यवस्था हुनुपर्ने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.