त्रिभुवन विमानस्थलमा दुर्घटनाबाट जोगियो मालिन्दोको जहाज

त्रिभुवन विमानस्थलमा दुर्घटनाबाट जोगियो मालिन्दोको जहाज

काठमाडौँः त्रिभुवन विमानस्थलमा एउटा जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको जहाज दुर्घटनाबाट जोगिएको हो । 

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाजको टायरमा समस्या आएपछि पाइलटले टेक अफ नगरी तत्कालै पार्किङतर्फ मोडेपछि दुर्घटना टरेको हो । 

‘उडान गर्ने बेलामा जहाजको चक्कामा समस्या आएपछि टेकअफ नगरी पाइलटले पार्किङतर्फ लगेका छन्’, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘उड्नै लाग्दा समस्या आएको जहाजलाई मर्मत भइरहेको छ, मर्मत सकिएपछि आजै यो जहाज मलेसिया जाने विश्वास लिएका छौँ ।’

क्वालालाम्पुर उड्न लागेको जहाजमा १३३ जना यात्रु सवार थिए । उनीहरु सबैलाई जहाजबाट निकालिएको छ । जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेका छन् । 

यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.