मादीको फोकस कृषि र जलस्रोत : चिकित्साशास्त्र पढ्नेलाई दुई लाख

मादीको फोकस कृषि र जलस्रोत : चिकित्साशास्त्र पढ्नेलाई दुई लाख

पोखरा : कास्कीको मादी गाउँपालिकाले निजी क्षेत्रसमेतको सहभागितामा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको छ। सर्वसाधारणलाई समेत लगानी गर्न लगाई बिजुली निकाल्न केन्द्रित हुने निर्णय गाउँपालिकाले गरेको हो। 

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जलस्रोत र हाइड्रोको उपयोग गर्ने नीति प्राथमिकतामा रहेको जनाए। गाउँपालिकाको फोकस कृषिमा समेत छ। गुरुङ जातिको उद्गम थलो क्व्होंला सोथरमा बसेको बैठकले १ सय क्विन्टर खाद्यान्न उत्पादन गर्नेलाई हाते ट्र्याक्टर र दुई लाख रुपैयाँको कृषि सामग्री दिने निर्णय गरेको छ। कृषिको अनुदान त्यतिमा सीमित छैन। 

३ सय बढी भेडाबाख्रा, ५० भन्दा बढी गाईभैंसी, ५ हजारभन्दा बढी कुखुरा र १ सयभन्दा बढी बंगुर पाल्ने किसानलाई वर्षको २ लाख रुपैयाँ अनुदान दिने अध्यक्ष गुरुङले जानकारी दिएका छन्। 

गाउँका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी डाक्टरी विषय (चिकित्साशास्त्र) पढ्ने विद्यार्थीलाई २ लाख रुपैयाँ उपलब्ध गराउने पनि मादी गाउँपालिकाको निर्णय छ। स्थानीय अपांगलाई निशुल्क ह्विलचियर उपलब्ध गराउने पनि गाउँपालिकाले निर्णय गरेको छ। 

गाउँपालिकाले आउँदो वर्षलाई कर वर्षको रुपमा कार्यान्वयन गर्ने  भएको छ। उत्कृष्ट करदातालाई सम्मान गर्ने उसको कार्यक्रम छ। एउटा परिवारको कम्तीमा १ जनालाई रोजगारी दिने गरी कार्यक्रम ल्याउने पनि गाउँपालिकाको योजना छ। बैठकले न्यायिक समिति कार्यविधि तयार गर्ने, प्रदेश सरकार र दातृ निकायसँग साझेदारी गर्ने गाउँपालिकाको निर्णय छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.