बालिकाको विभत्स हत्या, पुरुषको संकास्पद मृत्यु

बालिकाको विभत्स हत्या, पुरुषको संकास्पद मृत्यु

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका ७ मलदैया टोलकी १३ वर्षीय बालिका आफ्सना खातुनको घाँटी रेटेर विभत्स तवरबाट हत्या गरिएको छ। 

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार घाँस काट्नका लागि भनेर घरबाट शुक्रबार साँझ हिँडेकी उनको पाँच सय मिटर परको मकै बारीमा हत्या गरेर फालेको अवस्थामा परिवारका सदस्यले फेला पारेका हुन्। ‘साँझ घरबाट गाई वस्तुलाई घाँस काट्न पठाइएकी बालिकाको केही पर हत्या गरिएको अवस्थामा शव फेला पर्‍यो,’ परिवारका सदस्यलाई उद्रित गर्दै बिसीले भने, ‘अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा घाँटी रेटेर हत्या गरिएको पाइयो।’ 

प्रहरीले हत्याको कारण पहिल्याउन सकेको छैन। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीवबाबु खड्काले हँसियाले घाँटी रेटेर हत्या गरिएको हुन सक्ने बताए। प्रहरीले घटनास्थलबाट रगताम्य अवस्थाको एउटा हँसिया बरामद गरेको छ। ‘घाँस काट्न गएकी बालिकाले साथमा रहेको हँसियाँकै प्रयोग गरेर हत्या गरेको हुन सक्ने देखियो।’ 

हत्याको कुनै पनि कारण पत्ता लाग्न नसकेको उल्लेख गर्दै उनले पारिवारिक कारणले हत्या भएको हुनसक्ने बताए। ‘घाँटी बाहेक शरीरका कुनै पनि अंगमा चोट छैन। रिसिबीमै हत्या भएको हुन सक्छ,’ खड्काले भने, ‘बलत्कारपछि हत्या गरे जस्तो पनि देखिदँैन। घटनास्थलको प्रकृति हेर्दा हत्या हुनु अघि दोहोर घम्साघम्सी भएको वा प्रतिवाद गरे जस्तो छैन।’ 

घटनास्थल वरपर दुई तीनवटा घर मात्रै छन्। खड्काले बाक्लो वस्ती वरपर नभएको र केही घरहरु मात्रै रहेको बताए। शवको जिल्ला अस्पताल रंगेलीमा पोष्टमार्टम गरिएको र त्यसको रिपोर्टले घटनाका बारेमा धेरै कुरा खुलाउन सहयोग गर्ने उनले बताए। 

बालिकाका बुवा ताईफूर मियाँले घटनाका दोषी पत्ता लगाएर कारवाही अघि बढाउन माग गरेका छन्। ‘गाईलाई घाँस काट्न गएकी छोरी जीवित फर्किनन्,’ उनले भने, ‘तत्काल पत्ता लगाएर अपराधीलाई कारवाही गरिनु पर्छ।’ ताईफूरले अहिलेसम्म आफ्नो कोहीकसैसँग कुनै रिसिबी नरहेको पनि बताए। 

त्यस्तै रंगेली नगरपालिका २ का ५९ वर्षीय शुक्रतिया सरदारको मृत्यु शंकास्पद बनेको छ। शुक्रबार राति १० बजेतिर उनको शव रंगेली २ बेतौनामा फेला परेको थियो।
 
प्रनि खड्काका अनुसार सरदारको म्याजिक भ्यानको ठक्करबाट मृत्यु भएको भनिए पनि घटना संकास्पद देखिएको छ। घटनालाई लिएर प्रहरीले सुरुमा नम्बर नखुलेको म्याजिक भ्यानको ठक्करबाट मृत्यु भएको जानकारी दिएको थियो। प्रहरीले शंकास्पद अवस्थाका दुईवटा को २ च ११४१ र को १ च ९४१९ नम्बरको म्याजिक भ्यानलाई पनि नियन्त्रणमा लिएको छ। 

खड्काका अनुसार दुईवटै भ्यान चालकले घटना स्वीकार गरेका छैनन्।  मृतकको शरीरका विभिन्न भागमा लागेको चोटको अवस्था हेर्दा मृत्यु शंकास्पद भएको उनले बताए। ‘मृतकको टाउको, छाती र ढाडमा चोट देखिएको छ,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘शरीरमा देखिएको चोट सवारी साधनको ठक्करबाट लागे जस्तो छैन।’ 

अन्यत्र हत्या गरेर शव ल्याएर सडकमा फ्यालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। पोष्टमार्टम रिपोर्ट आएपछि सबै कुरा खुल्ने प्रनि खड्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.