राइफलको गोलीसहित लागुऔषध कारोबारी पक्राउ

राइफलको गोलीसहित लागुऔषध कारोबारी पक्राउ

गाईघाट : उदयपुरमा लागुऔषध कारोवारी र सेवनकर्ता धमाधम पक्राउ परिरहेका बेला प्रहरीले पहिलोपटक राइफलको गोली र लागुऔषधसहित एक जना कारोबारीलाई पक्राउ गरेको छ । 

प्रहरीले गोप्य सूचनाको आधारमा शनिबार राथि त्रियुगा नगरपालिका ६ जलजलेका ३२ वर्षे गणेश चौधरीलाई घरबाटै पक्राउ गरेको हो । घरबाटै लागुऔषधको कारोबार गरेको सूचनाका आधारमा घर खानतलासी गर्दा चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । 

चौधरीको घरबाट प्रहरीले ३ सय ३ राइफलको गोली २ थान, लागुऔषध नोफिन १, फेनेरागन १, डाइजाल्याब १ एम्पुल विभिन्न कम्पनीका मोवाइल ९ थान बरामद गरेको एसपी भट्टले जानकारी दिए ।  

 त्यसैगरी प्रहरीले एउटै व्यक्तिको नागरिकता ३ थान, सिरिञ्ज १ थान, रबरको स्ट्याम्प छाप १ थान बरामद गरेको छ । पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रकृया अगाडी बढाइएको एसपी भट्टले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.