लागूऔषध मुद्दामा फरार वडाअध्यक्ष पक्राउ

लागूऔषध मुद्दामा फरार वडाअध्यक्ष पक्राउ

वीरगन्ज :  पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजाको ओसारपसार मुद्दामा फरार रहेका वडाअध्यक्ष पटेललाई प्रहरीले सोमबार  वीरगन्जबाट पक्राउ गरेको हो । 

वीरगन्जको होटल कुमु प्यालेसमा आयोजित बेलायत सरकारको सहयोगमा सञ्चालित स्थानीय तहको वस्तुगत विवरण प्रोफाइल तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सहभागी भएकै बेला उनलाई प्रहरीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी  दिए । 

 जिल्ला प्रहरी कार्यालय मकवानपुरले पटेललाई उपस्थित गराउन पत्राचार गरेकाले  वीरगन्जबाट नियन्त्रणमा लिएकाे  प्रहरी उपरिक्षक  रेग्मीले जानकारी दिए ।लागूऔषध गाँजाको ओसार पसारमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मकवानपुरले दोषी ठहर गरी पाँच वर्षको कैद सजायको फैसला गरेपछि उनी  फरार रहेका थिए । फरार रहेका पटेललाई वीरगन्जबाट पक्राउ गरी  मकवानपुरमा पठाइएको पर्साका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

 पटेल , लागूऔषध ओसार पसारको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका  अभियुक्त  भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप झाले बताए ।  पटेललाई प्रहरी हिरासतमा राखेर कार्वाहीको प्रकृया अगाडि बढाइएको उनले बताए । 

लागूऔषध मुद्दामा फरार अभियुक्त रहेपनि गत असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पटेल वडाअध्यक्षमा  निर्वाचित भएका थिए ।   


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.