प्रदेश तीनको पोशाकः दौरा सुरुवाल, महिलालाई आफ्नो भेषभूषा अनुसार
हेटौंडाः प्रदेश तीनका प्रदेशसभा सदस्यहरुको लोगो र पोशका निर्धारण भएको छ । कार्यव्यवस्था परामर्श समितिको सुझावको आधारमा सभामुख सानुकुमार श्रेष्ठले लोगो र पोशाक निर्धारण गरेका हुन् ।
लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिर,स्वयम्भुको आँखा अंकित चित्र, एक सिंगै गैँडा र रेड पाण्डाको चित्र अंकित हुने प्रदेशसभा सचिव भरत बुढाथोकीले बताए । कार्यब्यवस्था परामर्श समितिको सुझावमा सभामुखले उक्त निर्णय गर्नुभएको हो, बुढाथोकीले भने ।
यसैबीच पोशाकमा कालो कोट, कालो जुत्ता, सेतो रङको दौरा सुरुवाल निर्धारण गरिएको छ । विशेष समारोहमा खैरो कोटसमेत लगाउनु पर्ने निर्णय गरिएको छ ।
महिलाले आफ्नो भेषभूषा अनुसारको पहिरन लगाउन पाउने व्यवस्था गरिएको समेत सचिव बुढाथोकीले बताए ।
पोशाक र लागो निर्धारण नहुँदा रुची अनुसारको कपडामा उपस्थित हुने प्रदेशसभा सदस्यहरु अबको प्रदेशसभा बैठकहरुमा निर्धारित पोशक र लोगो लगाएर आउनुपर्ने हन्छ ।