कांग्रेस बैठक : महासमिति भेलाको मिति तोकिने

कांग्रेस बैठक : महासमिति भेलाको मिति तोकिने

 काठमाडौं : ९ चैतमा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी बिहीबार वा शुक्रबारसम्म सकिँदै छ। १६ चैतमा कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित बैठक आइतबार सुचारु भएको हो। सुचारु भएकै दिन सभापति देउवाले बोल्न बाँकी केन्द्रीय सदस्यलाई दुई दिनभित्र बोलिसक्ने गरी समय टिपाउन निर्देशन दिएका थिए। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंगलबारसम्म सदस्यहरूले बोलिसक्नेछन्। उनले भने, ‘केन्द्रीय नेताले बोलिसकेपछि पदाधिकारीहरूले धारणा व्यक्त गर्नेछन्। त्यसपछि बैठकको निर्णय एक दिन बिराएर निर्णयार्थ प्रस्तुत गरिनेछ।’

यसैबीच, आगामी साउनमा देउवाले कांग्रेस महासमिति भेला तोक्न लागेको उनी निकटस्थले बताएका छन्। ती नेताले भने, ‘अबको तीन महिनाभित्र अर्थात् साउन १५ नकट्नेगरी महासमिति भेलाको मिति तय गर्न लागेका छौं।’ गत निर्वाचनमा कांग्रेसले व्यहोरेको हारबारे पार्टीभित्रैबाट भएको अन्तरघातमा बैठकले अनुशासन समितिलाई कारबाहीका लागि निर्देशन दिन सक्ने सम्भावना छ।

 देउवाका निजी सचिव भानु देउवाका अनुसार जारी बैठक सकिनेबित्तिकै सभापति देउवा पदाधिकारी मनोनयन प्रक्रिया अघि बढाउने तरखरमा छन्। पछिल्लो समय देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई सहमहामन्त्री दिएर थामथुम पार्ने रणनीति अख्तियार गर्ने सम्भावना उत्तिकै छ।

देउवा पक्षले सहमहामन्त्री दिए पनि पौडेल समूहभित्र पदाधिकारी मनोनयन मान्ने कि नमान्ने भन्नेमा दुई धार छन्। यस विषयमा पनि पौडेल र सिटौला समूह एक मतसाथ प्रस्तुत हुने तयारीमा छन्। पौडेलतर्फका नेता प्रकाशमान सिंहसहित केही नेताले अहिले पदाधिकारी मनोनयन गर्दा सैद्धान्तिक रूपमा गलत हुने तर्क गर्दै आइरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.