प्रचण्डले भनेः मे १ वा ५ तारिखमा एमाले-माओवादी एकता

प्रचण्डले भनेः मे १ वा ५ तारिखमा एमाले-माओवादी एकता

भरतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा कुनै जटिल समस्या नरहेको स्पष्ट पारेका छन् । उनले बैशाख १४ गते बैठक बसेर पार्टी एकताको मिति तोक्ने बताए । 

मंगलवार भरतपुर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष दाहालले दुवै पार्टीको अध्यक्ष बसेर मिति तोक्ने सहमति भएको बताए । पार्टी एकताको घोषणाका लागी मिति तोक्ने विषयमा छलफल भएको जानकारी गराए । 

‘त्यस्तो जटिल केही होइन, १४ गते मिति तोक्ने गरी समझदारीमा छौँ’  दाहालले भने, ‘मे १ वा मे ५ भित्रमा एकता होस भन्ने कोशिश छ ।’ 

दाहालले पर्याप्त समय निकाल्न नसक्दा एकताको मिति सरेको बताएका छन । आप्नो र प्रधानमन्त्री ओलीको ब्यस्तताले एकताको घोषणामा ढिलाइ भएको उनले बताए । 
पार्टी एकताका लागि समय छुट्याउन नसकेको पनि उनले उल्लेख गरे ।  ‘दुई अध्यक्षले पर्याप्त समय निकाल्ने हो भने टुङ्गिने तिर जान्थ्यो’, दाहालले भने ‘दुईचार दिन ढिलो होस भन्नेतिर हाम्रो ध्यान केन्द्रित छ ’ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको प्रसङ्गमा दाहालले नेपाल–भारत सम्बन्ध सुध्रिँदै गएको बताए । ‘मोदीजीको भ्रमणले दुई देशबीचको सम्बन्धमा राम्रो सुधारको परिस्थिति बनेको छ,’ दाहालले भने । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.