मिस नेपाल भन्छिन्, ‘राजनीति गर्दिनँ, फिल्म पनि खेल्दिनँ’

मिस नेपाल भन्छिन्, ‘राजनीति गर्दिनँ, फिल्म पनि खेल्दिनँ’

हेटौंडाः मिस नेपाल-२०१८ श्रृंखला खतिवडाले फिल्न नखेल्ने बताएकी छन् । ‘मलाई अभिनय र नाच्न पनि राम्रोसँग आउँदैन’, मिस नेपाल भएपछि पहिलो पटक गृहनगर हेटौंडा आएकी खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘मिस नेपाल हुनेबित्तिकै अभियानमा आउनुपर्छ भन्ने पनि छैन ।’

राजनीति गर्दिनँ 

आर्किटेक्टको विद्यार्थी भएकाले त्यही पेशामै अघि बढ्ने सोचमा रहेको खतिवडाले बताइन् । यसअघिका मिस नेपालभन्दा आफ्नो पृष्ठभूमि फरक रहेको उनले बताइन् । 

‘म मिस नेपाल भएपनि मेरो जुन पेशा हो त्यसैमा रहन्छु’, उनले भनिन् । हजुरबुवा, बुवा र आमा नै सक्रिय राजनीतिमा रहे पनि आफू त्यसतर्फ नलाग्ने खतिवडाले स्पष्ट पारिन् । उनका बुवा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु सिग्देल प्रदेशसभा सदस्य हुन् ।

सरकारले बुझेन 

मिस वल्र्डको ताज पहिरिने विश्वास दिलाउँदै उनले मिस नेपाललाई सरकारले नै बुझ्न सकेको  गुनासो गरिन् । ‘मेरोे अबको लक्ष्य मिस वल्र्ड हो’, ‘त्यसको तयारीमा जुटिसकेको छु ।’ 

यसअघि मिस वल्र्डमा सहभागी नेपाली सुन्दरीको उपलब्धीबारे समेत व्याख्या गर्दै श्रृंखलाले मिस वल्र्डमा प्रस्तुत गर्न उपयुक्त सामाजिक कामको योजना छनोटका लागि अनुसन्धान गरिरहेको बताइन् । 

साथै उनले मिस नेपाल कार्यक्रमले महिला सशक्तीकरणमा सहयोग पुग्ने भन्दै प्रतियोगिताको तयारी चरणमा धेरै विषयमा जानकारी पाउन सफल भएको बताइन् । 

‘मिस नेपालमा मोडल होइन, रोल मोडल बन्न सहभागी भएकी हुँ’, खतिवडाले भनिन् । 

प्रदेश प्रमुखको सम्मान

प्रदेश तीनकी प्रदेश प्रमुख अनुराधा कोइरालाले खतिवडालाई सम्मान गरेकी छन् । हेटौंडामा मंगलबार हेटौंडा लेडी जेसिजले आयोजना गरको कार्यक्रममा खतिवडालाई प्रदेश प्रमुख कोइरालाले सम्मान गरेकी हुन् ।

सम्मान कार्यक्रममा बोल्दै कोईरालाले मिस नेपाल खतिवडालाई बालवालिका र महिलाको क्षेत्रमा काम गर्न सुझाव दिइन् । मिस नेपाल खतिवडाले आफू सामाजिक क्षेत्रमा क्रियाशिल हुने बताइन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.