अमेरिकन पेस्तोल र लागूऔषधसहित सात भारतीय पक्राउ

अमेरिकन पेस्तोल र लागूऔषधसहित सात भारतीय पक्राउ

विराटनगर: प्रहरीले ठूलो परिणामको लागूऔषध र हतियारसहित सात भारतीय नागरिकलाई मंगलबार राति पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा एक महिला पनि छन् । विराटनगर ४ नोबेल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट राति साढे ८ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा विहारस्थित अररिया जिल्लाको वथनाहा–४ का २४ वर्षीय रोहितकुमार शर्मा, अररिया फारविसगन्ज–२ का ३० वर्षीय प्रमोद भनिने विनोद यादव, अररिया मिल्की डुमरिया–९ का १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलमदेवी यादव, अररिया सिमराहाका २६ वर्षीय प्रकाशकुमार दास, अररिया रानीगंजका ३३ वर्षीय रन्जितकुमार शर्मा, अररिया बरारभत नाजा–७ का ४० वर्षीय सुरज नारायण यादव रहेका छन् । निलमदेवी विनोदको पत्नी भएको खुलेको छ । 

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार पक्राउ पर्ने मध्ये प्रमोद भनिने विनोद यादवको साथबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्याग्जिन र ६ राउण्ड गोली पनि बरामद भएको छ । 

विनोद बीआर ३८ एफ १२२८ नम्बरको मोटरसाइकलमा सवार थिए । पक्राउ परेकाहरुले भारतबाट ल्याउँदै गरेको एक हजार सात सय ७५ एम्पुल एभिल, पाँच सय एम्पुल डाईजेल्याब, एक हजार सात सय ७६ चक्की एपास्मोप्रोक्सिभन, सात सय २५ ट्याब्लेट नाईट्रोसन, पाँच सय २५ एम्पुल लुपिजेसिक, एक सय २५ एम्पुल फेनारगन र १३ बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद भएको जानकारी बिसीले दिए । 

उनीहरुले लागूऔषध र हतियार ओसारपसारमा प्रयोग गर्ने गरेको बीआर ३८ एफ १२२८, बीआर ३८ एच ४०५० र बीआर ३८ डी ५२२६ नम्बरको तीनवटा भारतीय मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

साथबाट चारवटा साम्सुङ कम्पनीका मोवाइल, एउटा आइटेल मोवाइल र एउटा माइक्रोम्याक्स मोवाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । एसपी बिसीका अनुसार पक्राउ परेका सात जनाबाट नेपाली ८१ हजार रुपैयाँ नगद पनि बरामद भएको छ । 

पक्राउ परेका सबैविरुद्ध लागूऔषध ओसारपसार तथा हातहतियार खरखजना मुद्धा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

म्याद थप गरिएपछि प्रहरीले उनीहरुलाई सार्वजनिक पनि गरेको छ । बिसीले पक्राउ परेकाहरु भारतमा विभिन्न अपराधिक गतिविधीमा संलग्न भएको हुन सक्ने र पछिल्लो समय नेपालतर्फ लागूऔषध र हतियार ‘सप्लाई’ गर्ने धन्दामा संलग्न भएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.