सर्दु जलाधार क्षेत्रमा प्लटिङ

सर्दु जलाधार क्षेत्रमा प्लटिङ

धरान : धरान उपमहानगरपालिकामा खानेपानीको मुख्य स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमणमा परेको छ । यहाँका बोटबिरुवा फँडानी गरी घरटहरा निर्माण हुन थालेको छ । यसले जलाधार क्षेत्रको अस्तित्व संकटमा परेको स्थानीयले बताएका छन् ।

तत्कालीन राजा वीरेन्द्र शाह २०३३ सालमा यहाँ आएका बेला साबिकका पाँचकन्या, विष्णुपादुका र घोपा गाविसका लागि खानेपानीको मूल भएको धरानमाथिको जंगल क्षेत्रलाई सर्दु जलाधार क्षेत्र नामकरण गरेका थिए । यहाँका २ सय ९ घरपरिवारलाई मोरङको पथरीमा जग्गा सट्टाभर्ना दिइएको थियो । स्थानीयले आफ्नो नामको जग्गा सरकारलाई हस्तान्तरण गरेका थिए । हाल भूमाफियाको मिलेमतोमा जलाधार क्षेत्र अतिक्रमण तीव्र भएपछि मुहान सुक्दै गई धरानमा खानेपानी समस्या भएको सरोकारवालाको भनाइ छ ।

सर्दु, खर्दु, तामाखामलगायत खोला आसपासको जंगल मासेर भूमाफियाले घडेरी प्लटिङ गरेपछि मुहान सुक्दा धरानमा खानेपानीको चरम अभाव भएको खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले बताए । मुहान क्षेत्रको जंगल संरक्षणमा उपमहानगरपालिकाले चासो नदिएको उनको भनाइ छ ।

कांग्रेस धरानका सभापति तिलक राईले जलाधार क्षेत्रमा डोजर लगाएर प्लटिङ गर्दा पनि जनप्रतिनिधि मौन बस्नुले उनीहरूको पनि संलग्नता देखिएको बताए । जलाधार क्षेत्र संरक्षणका लागि कांग्रेसले भण्डाफोर अभियान सञ्चालन गर्ने चेतावनी उनले दिए । उपमहानगरपालिका र स्थानीय दलहरूबीच जलाधार क्षेत्रको १२ बिघा जग्गा भोगचलन गर्ने सहमति भएपछि भूमाफियाले जंगल मासेर प्लटिङ सुरु गरेको धरानका पूर्वउपमेयर कृष्णनारायण पालिखेले बताए । जग्गा भोगचलन गर्न सहमति जनाउनेमा मेयर तारा सुब्बा, कांग्रेस धरानका पूर्वसभापति किशोर राई, माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङ र तत्कालीन कार्यकारी अधिकृत भोजराज खतिवडा रहेको जनाइएको छ ।

जलाधार क्षेत्र अतिक्रमणमा परेपछि मुहान सुक्न गई धरानमा खानेपानी अभाव भएको संस्थान प्रमुखको भनाइ ।

सरकारले रोक्का राखेको जमिन प्लटिङ हुन थालेपछि मालपोत र नापी कर्मचारीको मिलेमतोमा कित्ताकाट गरी रजिस्ट्रेसन पाससमेत भएको छ । अतिक्रमण तत्काल नरोकिएजलाधार क्षेत्रको अस्तित्व लोप हुने धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए । जलाधार अतिक्रमणमा संलग्नहरूमाथि छानबिन गरी कारबाही अघि बढाउनुपर्ने उनको माग छ । स्थानीयवासीले जलाधार क्षेत्र बचाउन सरकारसँग माग गरेका छन् । कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सहसचिव प्रेम राईले जलाधार अतिक्रणमा संलग्न सबैलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।

जलाधार क्षेत्रको जग्गा बिक्रीवितरण रोक्न गर्न जिल्ला वन कार्यालय सुनसरीले मालपोत कार्यालय धरानलाई पत्रसमेत पठाएको थियो । तर, जिल्ला वन प्रमुख राजेन्द्र निरौला र इलाका वन प्रमुख ज्ञानकुमार लामाले सूर्य बुद्ध विहारलाई बुद्धको मूर्ति स्थापनाका लागि वन क्षेत्र भोगचलन गर्न अनुमति दिएपछि वन कर्मचारीसमेत विवादमा तानिएका छन् । जलाधार क्षेत्र अतिक्रमणमा परेको विषयमा मेयर सुब्बाले आफू केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.