ओली-दाहाल दुई घण्टा भेटवार्ता : टुंगो लागेन एकताको मिति

ओली-दाहाल दुई घण्टा भेटवार्ता : टुंगो लागेन एकताको मिति

काठमाडाै‌ :  प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । पार्टी एकताको विषयमा ओली–दाहाल  भेटवार्तामा छलफल भएको छ ।

बलुवाटारमा भएको भेटवार्तामा पार्टी एकताको विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए । उनीहरु बीचमा एकताको मिति तय गर्ने लगायतका विषयमा पनि छलफल भएको छ । ओली र दाहालको भेटवार्तामा पनि एकता मिति भने तय हुन सकेन ।

पार्टी एकतामा असमझदारी देखिएका बेला एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रवार साढे दुई घण्टा छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पार्टी एकतामा देखिएका समस्या र एकताको मितिबारे छलफल भएको स्रोतले बतायो ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन वैशाख ९ गते दुई पार्टी एकता गर्ने घोषणा गरिएपनि एकतामा अनुपात र पार्टी एकतापछिको दाहालको स्थानबारे सहमति जुटन नसक्दा एकता पछि धकेलिँदै गएको छ । दाहालले वैशाख १४ गते एकताको घोषणा गर्ने सार्वजनिक घोषणा गरेका थिए । तर ओलीसँगको छलफलपछि पनि मिति भने तय भएन । 

बुद्ध जयन्तीको कार्यक्रमका लागि प्रधानमन्त्री ओली केही दिन राजधानी बाहिर रहने र दाहाल पनि पार्टीको कार्यक्रमका लागि राजधानी बाहिर रहने भएकाले दुवैजना फर्केलगत्तै पुनः छलफल गर्ने समझदारी बनेको एमाले नेता सुवास नेम्वाङ्गले बताए । 

पछिल्लोपटक दाहालले पार्टी एकतापछि आफ्नो भूमिका स्पष्ट हुनुपर्ने अडान राख्दै आएका छन । पार्टी एकतापछिको महाधिवेशनले या त आफूलाई पार्टी अध्यक्ष बनाउनुपर्ने वा प्रधानमन्त्री बन्ने कुराको सुनिश्चितता हुनुपर्ने अडान दाहालले एमाले नेतृत्वसँग राख्दै आएको स्रोतले बतायो । पार्टी एकता गर्दा माओवादीमा धेरै नेता रहेकाले उनिहरुको व्यवस्थापनमा लचिलो बनिदिन पनि दाहालले एमालेसँग प्रस्ताव गर्दै आएका छन ।

ओलीसँगको वार्तापछि माओवादी केन्द्रका अध्यक्ष दाहालले अब एकताप्रक्रिया अन्तिममा पुगेको बताएका छन् । उनले दुईजनाबीच सबै कुरा मिलिसकेको र अब एकता घोषणा गर्न मात्रै बाँकी रहेको प्रतिक्रिया बालुवाटारमा दिएका छन्।  

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बैशाख ९ गते  एकताकाे तोकिएको मिति केही विषयमा सहमति नहुदाँ तुहिएको थियो ।  जनयुद्ध, निर्वाचन चिन्ह र नेता व्यवस्थापनका विषयमा सहमति हुन सकेको छैन ।

एमालेले स्थानीय निर्वाचन र संघीय निर्वाचनको परिणामको आधारमा नेता व्यवस्थापन हुनुपर्ने बताइरहेको छ भने माओवादीले समानताको आधारमा एकता हुनुपर्ने अडान राख्दै आएको छ । प्रस्तावनामा नै  एमालेले जनक्रान्ति र माओवादीले जनयुद्ध राख्नु पर्ने फरक फरक मत राखिरहेका छन् ।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.