‘बाल विवाह यता रोकिन्छ, सीमापारि गएर हुन्छ’

‘बाल विवाह यता रोकिन्छ, सीमापारि गएर हुन्छ’

 जनकपुर : काठमाडौंमा कार्यरत प्रहरी जवान बुलेट यादव बिदामा घर आएका बेला गरेको अभियोगमा पक्राउ परे । पर्सा प्रहरीले बिहीबार उनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–२७ का उनलाई उदयपुरको घुर्मीबाट प्रहरीले पक्राउ गरेको पर्सा जिल्ला प्रहरीले जनाएको छ ।

उनी पक्राउ पर्नुको कारण हो, । पर्सा प्रहरीका अनुसार यादवले भाइहरूको गराउन लागेका थिए । त्यसबारे खबर आएपछि पर्सा प्रहरीले उनलाई धेरै सम्झाइबुुझाइ ग¥यो तर अटेर गरी विवाह गराउन खोज्दा नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले १२÷१३ वर्षका दिदीबहिनीसँग उनले ३० र ३२ वर्षका दाजुभाइको विवाह गराउन खोजेको बताए । ‘बाल विवाह भइरहेकोबारे स्थानीयबाट पर्सा प्रहरीलाई सूचना आयो’, उनले भने, ‘हामी तत्काल सम्बन्धित ठाउँमा पुुगेर सम्झाइबुुझाइ गरी विवाह रोक्न सफल पनि भएका थियौं ।’

तर, प्रहरीको धाक लगाएर यादवले विवाहको कार्यक्रम अघि बढाएको जनाइएको छ । ‘जसरी पनि यो विवाह गराएरै छाड्ने भन्दै उनी प्रहरी टोलीसँग विवादमा उत्रिए’, उनले भने, ‘त्यसैले उनलाई नियन्त्रणमा लिइएको हो ।’ अहिले उनी पर्सा प्रहरीको हिरासतमा छन् । १४ वैशाखमा तय गरिएको विवाह मुद्दा चलेपछि रद्द भएको छ ।

योसहित पर्सामा चालु वर्ष ५ वटा बाल विवाह उद्योगमा मुद्दा दर्ता भएको छ । ५० जनाको विवाह रोकी अभिभावकको जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।

धनुुषामा पनि गत बुधबार प्रहरीले बाल विवाह रोक्यो । धनुषाधाम वडा नम्बर ५ निवासी श्याम महतोकी १५ वर्षीया छोरीको विवाह रोकिएको धनुुषा प्रहरीले जनाएको छ । बारामा कम उमेरका सयभन्दा बढीको विवाह रोकी अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए ।

रौतहट, सर्लाही, महोत्तरी, धनुुषालगायत जिल्लामा ५० भन्दा बढी बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । सिरहामा ३, सप्तरीमा ४ वटा विवाह रोकिएको प्रहरीले जनाएको छ ।

बाल विवाह नघट्नुमा खुला सीमा कारक रहेको सिरहा प्रहरीको आकलन छ । सिरहाका एसपी शेखर कोइरालाले भने, ‘हामी यता बिहे रोक्छौं, पछि थाहा हुन्छ पारि गएर बिहे भयो ।’ बाल विवाह नरोकिनुमा भारतसँगको खुला सिमाना पनि कारक रहेको उनको भनाइ छ ।

शिक्षा र चेतनाको कमीले बाल विवाह ठूलो समस्या बन्दै गएको जनकपुरका समाजसेवी सुरेन्द्र लाभको ठम्याइ छ । ‘तराई–मधेस पुरानो परम्पराबाट जकडिएको समाज हो’, उनले भने, ‘यसको न्यूनीकरणका लागि सबैमा जनचेतना जगाउनुपर्छ ।’

पछिल्लो समय बाल विवाह रोक्न शिक्षित अगुवा अग्रसर भएको प्रहरी अधिकारी बताउँछन् । उनीहरूका अनुसार बाल विवाहका घटनाबारे स्थानीयले नै प्रहरीलाई जानकारी गराउन थालेका छन् । प्रहरीले सार्वजनिक गरेका नम्बरमा यस्ता घटनाको जानकारी आउने गरेको पर्साका एसपी रेग्मीले बताए । ‘यो नम्बर सबैलाई थाहा छ’, उनले भने, ‘कहीं बाल विवाह भयो कि तुरुन्त स्थानीयबाट हामीलाई खबर आउँछ ।’

बाल विवाहका कारण उमेर नपुगी नै गर्भवती हुनेको संख्या बढ्दो छ । यसरी गर्भवती हुनेको उमेर १६ देखि १९ वर्ष रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । कम उमेरमै आमा बन्नेमा जनजाति, दलित, मधेसी, मुस्लिम समुदायका बढी छन् । कम उमेरमै आमा बन्दा पाठेघर खस्ने, जन्मने शिशुको तौल कम हुने र विभिन्न प्रकारका प्रजननसम्बन्धी समस्या देखापर्ने चिकित्सक बताउँछन् ।

्शिशुको तौल निकै कम हुने गरेको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ । कम उमेरका आमाबाट जन्मिएका बच्चाको शरीरमा प्रतिरोधात्मक क्षमता कम हुँदा निमोनिया र कुपोषणको सम्भावना बढी रहने वीरगन्ज आसाराम अस्पतालकी प्रमुख निभा दासले बताइन् ।

२० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाउने कानुनी प्रावधान रहे पनि यहाँ कार्यान्वयन हुन सकेको छैन । कानुनअनुसार १० वर्षभन्दा कम उमेरका बालिकासँग विवाह गरे महिनादेखि ३ वर्षसम्म कैद, १० देखि १४ वर्षसम्मको हकमा ३ महिनादेखि १ वर्षसम्म कैद र १४ देखि १८ वर्षका हकमा ६ महिनासम्म कैद र जरिवानाको व्यवस्था छ । त्यस्त,ै १८–२० सम्मको केटाकेटीको हकमा भने ६ महिनासम्म कैद र जरिवानाको कानुनी व्यवस्था रहेको अधिवक्ता कमलमोहन पोखरेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.