विपल्वका जनसरकार प्रमुख पक्राउ

विपल्वका जनसरकार प्रमुख पक्राउ

गाईघाट  :     प्रतिनिधिसभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकारलाई प्रहरीले ५ महिना पछि पक्राउ गरेको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख तथा जिल्ला कमिटी सदस्य उदयपुरगढी गाउँपालिका ५ का जितबहादुर पुलामी मगरलाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो । 

   मगरलाई त्रियुगा नगपालिका ७ चुहाडे कालीखोला क्षेत्रबाट विशेष सुराकीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्ररही प्रमुख डिएसपी मेघराज अधिकारीले जानकारी दिए । उनका अनुसार मगर विद्युतीय धराप थाप्ने मुख्य योजनाकार हुन् ।

प्रहरीको रेकर्डमा मगरले काँग्रेस उमेदवार कार्कीलाई लक्षित गरी २०७४ मंसिर १३ गते उदयपुरगढी गाउँपालिका ६ नेपालटार दनुवारबेसीमा विद्युतीय धराप थापी अङ्गभङ्ग बनाएका थिए । कार्कीसँगै ९ जना घाइते भएका थिए । घाइते कार्की काठमाण्डौँको अस्पतालमा उपचारपछि शुक्रबार (हिजो) मात्र डिस्र्चाज भई घर फर्केका थिए । 

    त्यसैगरी २०७४ मंसिर १२ गते त्रियुगा नगरपालिका ७ भाण्टाबारीस्थित नेपाली काँग्रेसका प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ का उमेदवार हिमाल कार्कीको घरमा बम विस्फोट गराएकोसमेत मगरलाई आरोप छ ।

प्रहरीको रेकर्डमा मगर विभिन्न समयमा बम विस्फाेट गराएर क्षति पुर्‍याएको, गएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उमेदवारलाई लक्षित गरी बिद्युतीय र बम पडकाएको जस्ता रेकर्ड छन्,’ डिएसपी अधिकारीले भने, ‘गएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारलाई लक्षित गरी बम पड्काउने योजनाकार भएको प्रमाण प्रहरीले फेला पारेको छ ।’जनसरकार प्रमुख मगरलाई प्रहरीले ज्यान मार्ने उद्योगअन्र्तगतको मुद्दा चलाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.