लोकप्रिय बन्दै स्वास्थ्य बिमा

लोकप्रिय बन्दै स्वास्थ्य बिमा

तानसेन : रैनादेवी छहरा गाउँपालिका वडा नं३ का मेघनाथ पाण्डेले २५ सय रुपैयाँमा काठमाडौंको वीर अस्पतालमा ५० हजार रुपैयाँको औषधि उपचार गरे। गत वर्ष २५ सय रुपैयाँमा स्वास्थ्य बिमा गरेका पाण्डेले पाल्पाको लुुम्बिनी मेडिकल कलेजमा १० हजार रुपैयाँमा उपचार गराए। थप उपचारका लागि वीर अस्पताल काठमाडौं रेफर भएका पाण्डेले ४० हजार रुपैयाँको औषधि उपचार गराए।

स्वास्थ्य बिमाका कारण रैनादेवी छहरा ३ पाल्पाका पाण्डे २५ सय रुपैयाँमा ५० हजार रुपैयाँको औषधि उपचार गराए। पाण्डेले पुनः स्वास्थ्य बिमा नवीकरण गराएका छन्। पाण्डेजस्ता पाल्पामा १५ महिनाको अवधिमा ७५ हजार व्यक्तिले स्वास्थ्य बिमा गराएका छन् भने ६५ हजार व्यक्तिले स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका छन्।

पाल्पामा २०७३ साल पुस ११ बाट स्वास्थ बिमा लागुभएको हो। हालसम्म पाल्पामा १७ हजार घरपरिवारले बिमा गराएका छन। स्वास्थ्य बिमामार्फत २५ सय रुपैयाँमा, परिवारका ५ जना सदस्यसम्मको लागी ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिने व्यवस्था गरिएको छ। पाल्पामा सरकारी अस्पतालसँगै निजी अस्पतालले समेत स्वास्थ्य बिमा उपचार सेवा सञ्चालन गर्दै आएका छन्।

स्वास्थ्य बिमा गरेका व्यक्तिले रोजेको अस्पतालमा उपचार गर्ने व्यवस्था रहेकाले पनि पाल्पालीको आकर्षण बढ्दै गएको छ। बिमा गरेका व्यक्तिले सरकारी अस्पतालतर्फ लुम्बिनी अञ्चल अस्पताल बुटवल जिल्ला अस्पताल, रामपुर अस्पताल, ताहु प्राथमिक केन्द्र, खस्यौली प्राथमिक केन्द्र र निजीतर्फ लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल, लायन्स लाकौल आँखा अस्पतालमा उपचारको व्यवस्था गरिएको छ।

तोकिएको अस्पतालमा उपचार हुन नसकेमा सोही अस्पतालले अर्को बिमा भएको अस्पतालमा बिरामी रेफर गरी उपचार गर्ने व्यवस्था मिलाएको छ। पछिल्लो समय बिमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एमआरआई, सिटिस्क्यान, भिडियो एक्सेरेलगायत सबै प्रकारका अप्रेसन, चिरफार, प्वाल पारेर गर्ने अप्रेसनका साथै १ हजार १ सय १८ प्रकारका औषधिको सुविधा वृद्धि गरिएको स्वास्थ्य बिमा बोर्ड प्रदेश ५ का संयोजक मनोज पौडेलले बताए।

पाल्पामा बिमाको संख्या र उपचार दुवै प्रभावकारी देखिएको छ। पाल्पामा स्वास्थ्य बिमामार्फत चार करोड रुपैयाँ संकलन भएको र उपचारमा तीन करोड ५० लाख रुपैयाँ खर्च भएको छ। स्वास्थ्य बिमामार्फत गरेको उपचारको सम्पूर्ण रिपोर्ट केन्द्रमा खटिएका चिकित्सकबाट नियमित जाँच हुँदै आएकाले सरकारी संस्थाबाट दिँइदै आएको सेवामा सुधार आएको, निःशुल्क औषधिका लागि राज्यबाट करोडौं रकम बचत भएको, उपचार सेवामा प्रतिस्पर्धा बढाई गुणस्तरीय उपचार बढ्दै गएको संयोजक पौडेलले बताए।

स्वास्थ बिमा बोर्डले गरेको सर्वेक्षणअनुसार बिमा गराउने उत्कृष्ट १० स्वयंसेवीमध्ये पाल्पाबाट उत्कृष्ट आठ स्वयंसेवी परेका छन्। देशभरबाट उत्कृष्ट बिमा स्वयंसेवी सावित्रा अधिकारी नौ सय १४ घरपरिवार, दुर्गा रानाले सात सय ६४ घरपरिवार, विद्या बस्यालले ६ सय ९६ परिवार, कमला ढकालले ६ सय ५३ परिवार, भुनादेवी बस्यालले ६ सय ४७ परिवार, कल्पना रावलले पाँच सय ९५ परिवार, रीता भट्टराईले पाँच सय ९४ परिवार र शोभा अर्यालले पाँच सय ८७ परिवारलाई बिमा गराएर उत्कृष्ठ १० बिमा स्वयंसेवीमा परेका हुन्। पाल्पामा मात्र ८३ जना बिमा स्वयंसेवी गाउँमा खटिएका छन्।

पाल्पामा बिमा गराएका व्यक्तिको उपचार तथ्यांक हेर्दा प्रेसर, पेटको समस्या, ग्यास्ट्रिक, मधुमेह, मटु, क्यान्सरजस्ता नसर्ने रोगका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। पाल्पामा सबैभन्दा बढी लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा बिरामीले उपचार गरेका छन्। २०७५ चैतसम्म ३५ देखि ४० हजार परिवारका १ लाख ५० हजार व्यक्तिमा स्वास्थ्य बिमा गराउने योजनाका साथ बिमा स्वयंसेवी कार्यस्थलमा खटिएका प्रदेश ५ संयोजक पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.