'हारको  जिम्मेवारी केन्द्रीय समितिको'

'हारको  जिम्मेवारी केन्द्रीय समितिको'

 काठमाडौं : निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णयसहित एक महिनाभन्दा बढी समयदेखि चलिरहेको कांग्रेस बैठक आइतबार टुंगिएको छ । बैठकले चुनावी हारको खास कारण वाम गठबन्धन रहेको निष्कर्ष निकाल्दै आगामी भदौमा पार्टी महासमिति र जेठ अन्तिमसम्म जिल्ला सभापति भेला गर्ने निर्णय पनि गरेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार विधानविपरीत गठन भएका समितिहरू भंग गरिएको छ । जसअनुरूप कार्यसम्पादन समिति र संसदीय समिति अब अस्तित्वमा रहने छैनन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बैठकको निर्णय बहुमत निर्णय रहेको तर यसमा आफ्नो असहमति रहेको प्रतिक्रिया दिएका छन् । उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘बैठकअघि सभापति शेरबहादुर देउवासँग भएको सहमतिअनुसार निर्णय आएनन् ।’ नेता पौडेलले चुनावी हारको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने मत राख्दै आइरहेका छन् । उनको यही मतका कारण शनिबार बस्ने भनिएको बैठक आइतबार साँझ मात्रै सुरु हुन सक्यो । त्यसअघि पार्टी सभापति देउवा र पौडेलबीच बैठकलाई निष्कर्षमा पु¥याउने भन्दै पार्टी कार्यालय सानेपामा अनौपचारिक छलफल भएको थियो ।

बैठकको उत्तरार्ध शृंखलामा संक्षिप्त भनाइ राख्दै सभापति देउवाले यसअघिका सबै कमीकजोरीलाई बिर्सेर पार्टीभित्र एक भई अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । बैठकमा उठेका सबै कुरालाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले सबैको मागअनुरूप नै समितिहरू भंग गरिएको जानकारी दिए ।

यसअघि सभापति देउवा संसदीय समिति मात्र विघटनको पक्षमा थिए । तर, बैठकमा गगन थापालगायत युवा नेताले विधानविपरीत गठन गरिएका सबै समिति भंग नगरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने मत राखेपछि सभापति देउवा यस्तो निर्णयमा पुगेका हुन् ।

सोही बैठकमा महामन्त्री शशांक कोइरालाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै बैठकका निणर्य पेस गरेका थिए । शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल र विजय गच्छदारले समकालीन राजनीति र पार्टीको राजनीतिक ताकतबारे प्रश्न उठाएपछि सभापति देउवाले महामन्त्री कोइरालालाई पौडेल पक्षको समेत सहभागितामा निर्णय प्रतिवेदन तयार पार्न निर्देशन गरेका थिए । प्रतिवेदन लेख्ने काममा महामन्त्री कोइरालासँगै सभापतिको प्रतिनिधिका रूपमा प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेलको प्रतिनिधिका रूपमा नवीन्द्रराज जोशी सहभागी भएका थिए ।

– महासमिति बैठक भदौ अन्तिम साता

– जेठ मसान्तमा जिल्ला सभापतिको भेला

– चुनाव हारको जिम्मा पार्टी केन्द्रीय समितिले लिने

– पदाधिकारी मनोनयन गर्न निर्वाचित केन्द्रीय सदस्यको बैठक

– कार्यसम्पादन र संसदीय समिति विघटन गर्ने

लामो समयसम्म पटक–पटक भएको बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भएपछि सभापति देउवाले केन्द्रीय पदाधिकारी मनोनयनको तयारी गरेर आफू सन्तुलनमा रहने रणनीति बनाइरहेका छन् ।

देउवाले डाके पदाधिकारी मनोनयनका लागि निर्वाचित समितिको बैठक

केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै सभापति देउवाले पार्टीको पदाधिकारी मनोनयन गर्नेका लागि सोमबार बिहान निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको दुई वर्षभन्दा बढी समय घर्कंदा देउवाले बल्ल पार्टी पदाधिकारी मनोनयनका लागि कसरत गरिरहेका छन् । उपसभापति, महामन्त्री र सहमहामसहित ९ सदस्य मनोनयन हुन बाँकी छन् ।

बैठक सकिएलगत्तै देउवाले सोमबार बिहान साढे ८ बजे बैठक डाकेपछि पौडेल र कृष्णप्रसाद सिटौललगायत नेताले यसमा आपत्ति जनाएका थिए । पौडेल र सिटौलाले केही दिनपछि मात्र पदाधिकारी मनोनयनको बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै आइरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.