माथिल्लो तामाकोसी ९५ प्रतिशत पूरा

माथिल्लो तामाकोसी ९५ प्रतिशत पूरा

चरिकोट : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ९५ प्रतिशत पूरा भएको छ। दोलखाको विगु गाउँपालिका लामाबगरमा निर्माणाधीन स्वदेशी लगानीको चार सय ५६ मेगावाट क्षमताको यो आयोजना २०६८ सालबाट निर्माण सुरु भएको हो। आयोजना २०७४ असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्नेमा २०७२ सालको भूकम्प, तत्कालीन भारतीय नाकावन्दी र लट-२ को हाइड्रोमेकानिकल ठेकेदारले काममा ढिलाइ गरेका कारण पाँच प्रतिशत काम बाँकी भएको हो। विभिन्न ४ लट गरी निर्माण सुरु गरेको आयोजनाको ९५ प्रतिशत लक्ष्य हासिल गर्दा कुल ३७ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी भइसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।

आयोजनाको लट-१ अन्र्तगतको मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले मुख्य सुरुङ, टेलरेस सुरुङ, भूमिगत विद्युत्गृह तथा ट्रान्सफर्मर क्याभर्न खन्ने तथा कंक्रिटिङ कार्य शतप्रतिशत सम्पन्न गरेको छ भने बाँधको कंक्रिटिङ ९७ प्रतिशत र टेलरेस सुरुङको लाइनिङ ७१ प्रतिशत सम्पन्न गरेको आयोजनाका प्रवक्ता न्यौपानेले जनाएका छन्।

लट-२ को हाइड्रोमेकानिकल इक्विपमेन्ट अन्तर्गत भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले बाँधमा राखिने गेट, स्टपलग अन्तर्गतका कार्य ९३ प्रतिशत सम्पन्न गरेको भए पनि माथिल्लो पेनस्टकको डिजाइनिङ, ढुवानी र जडान कार्य २५ प्रतिशतमात्र सम्पन्न गरेको छ। यसै गरी तल्लो पेनस्टकको ढुवानी कार्य ९७ प्रतिशत सकिएको भए पनि जडान कार्य २८ प्रतिशत मात्र रहेकाले आयोजनाको समग्र प्रगतिमा ठूलो बाधा परिरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए। 

दोलखाको विगु गाउँपालिका लामाबगरमा निर्माणाधीन स्वदेशी लगानीको चार सय ५६ मेगावाट क्षमताको यो आयोजना २०६८ सालबाट निर्माण सुरु भएको हो।

सोही भारतीय ठेकेदार कम्पनीलाई कूटनीतिक तहबाट समन्वय गरेर भए पनि काम अघि बढाउन पहल गरिदिन यसअघि नै आयोजना निर्माणस्थल लामाबगरको गोंगरखोलामा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिसकेका छन्। लट-३ मा पर्ने इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार एन्ड्रिज हाइड्रोले भूमिगत विद्युत्गृहमा ६ वटा टर्वाइन तथा सात वटा ट्रान्सफर्मर जडान कार्य गरिरहेको छ। पानीको मात्रा मिलाउने एमएसओभी मेसिन पनि जडान गरिरहेको आयोजनाले जनाएको छ।

आयोजनाको लट-४ अन्तर्गतपर्ने विद्युत् प्रसारणका लागि २२०÷१३२ केभीको डबल सर्किट प्रसारण लाइन भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले सुरु गरेको निर्माण कार्य करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। केइसीले लामाबगरको गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइनको एक सय २७ वटा टावरमध्ये एक सय पाँच वटा टावर निर्माण गरी १९ किलोमिटर तार टाँग्ने कार्य पनि सम्पन्न गरिसकेको आयाजनाले जनाएको छ। यसैगरी १८ वटा टावर निर्माणाधीन छन्।

आयोजनाबाट उत्पादित विद्युत् रामेछाप जिल्लाको मन्थली नगरपालिका-१३, फुलासीमा निर्माणाधीन सवस्टेसनमा जडान गरिनेछ। सवस्टेसनका लागि चाहिने विभिन्न मेसिन तथा उपकरण ढुवानी कार्य ५० प्रतिशत सम्पन्न भएको छ। मेसिन र उपकरण जडान कार्य करिब १४ प्रतिशत सम्पन्न भएको प्रवक्ता न्यौपानेले जानकारी दिए। आयोजनाको ६ वटा युनिटमध्ये पहिलो युनिटबाट २०७५ पुससम्ममा विद्युत् उत्पादन गर्ने गरी कार्यतालिका निर्धारण गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.