अझै पुनर्निर्माण भएन सुँगुरे जलविद्युत् आयोजना

अझै पुनर्निर्माण भएन सुँगुरे जलविद्युत् आयोजना

वासेश्वर (सिन्धुली) : भूकम्पबाट क्षतिग्रसत जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन्। पावरहाउस, पोखरी र कुलोमा क्षती पुगेपछि गोलन्जोर गाउँपालिका-६ वासेश्वरमा रहेको सुँगुरे जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन सकेको छैन।

७५ किलोवाट क्षेमताको जलविद्युत् बन्द भएको तीन वर्ष पूरा भएको छ। तर पनि सम्बन्धित पक्षले पुनर्निर्माणमा चासो नदिँदा आयोजना सञ्चालनमा आउन नसकेको स्थानीयको गुनासो छ।

सिन्धुली र रामेछापकै सबैभन्दा पुरानो जलविद्युत् आयोजना बन्द हुँदा हजारौं उपभोक्ता मारमा परेको स्थानीय उपभोक्ता गौरव कार्कीले गुनासो गरे। ‘गाउँको विकासको एउटा मात्र उदाहरणका रूपमा रहेको जलविद्युत् आयोजना भूकम्पले क्षति पुर्‍याएपछि बन्द छ। यसलाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन कसैले चासो देखाएका छैनन्', उनले भने।

पटकपटक आयोजना सञ्चालनमा ल्याउन ताकेता गरिएक पनि सरोकारवालाले चासो दिएका छैनन्।

सिन्धुलीमा आयोजना सञ्चालन हुँदा सिन्धुली र रामेछापमा राष्ट्रिय प्रसारण लाइनले छोएकै थिएन। उक्त आयोजनाबाट सिन्धुली र रामेछापको पुरानो सदरमुकाम रामेछापमा विद्युत् सेवा विस्तार गरिएको थियो।

कुलेखानी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि उक्त आयोजनाको ट्रान्समिसनमा मिसाएर सिन्धुली र रामेछापमा वितरण गरिँदै आएको विद्युत् भूकम्पले क्षति पुर्‍याएपछि पूर्ण रूपमा बन्द भएको हो। भूकम्पबाट कुलो र ड्याम भत्किएको छ भने आयोजनाको गेट बल्बमा समेत क्षति पुगेको छ।

विद्युत् सेवा बन्द हुँदा पावरहाउसमा खिया लागेको स्थानीयले बताए। यसबाट लाखौं मूल्यका उपकरण जीर्ण भएका छन्। आयोजना बन्द भएको विषयमा सिन्धुली र रामेछापको मन्थली शाखालाई पटकपटक जानकारी गराइए पनि मर्मतमा कुनै चासो नदेखाएको आयोजनाका कर्मचारी पूर्णबहादुर श्रेष्ठले गुनासो गरे।

‘भूकम्प जाँदासम्म सञ्चालनमा आएको थियो। भूकम्पलगत्तै बन्द भएको आयोजना हालसम्म मर्मतसम्भारमा कसैले चासो दिएका छैनन्,' उनले भने। भूकम्पबाट क्षति हुनुअघि आयोजनाबाट प्रतिघण्टा ६० देखि ६५ किलोबाट विद्युत् उत्पादन हुँदै आएको थियो।

उक्त विद्युत्बाट सिन्धुली र रामेछापलाई लोडसेडिङमुक्त बनाउन सहयोग पुगेको थियो। वार्षिक लाखौं रुपैयाँ विद्युत् महसुल पनि उठ्ने गरेको थियो। आयोजनामा खटिएका ६ जना कर्मचारीलाई पनि भूकम्पपछि नेपाल विद्युत् प्राधिकरण मन्थली शाखामा खटाइएको पनि श्रेष्ठको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.