सरकारी विद्यालयय स्थानीय तहका कार्यालय

सरकारी विद्यालयय स्थानीय तहका कार्यालय

 सिरहा : पूर्वाधार अभावका कारण गाउँपालिका र वडा कार्यालय अहिले पनि विद्यालय भवनबाटै सञ्चालन गरिएको छ। स्थानीय तहका कार्यालय विद्यालयमा राखिँदा विद्यार्थीको पढाइमा असर पुगेको छ।

सिरहाको नवराजपुर गाउँपालिकाको कार्यालय जनता मावि सोनर्वासाको विज्ञान प्रयोशाला भवनमा राखिएको छ। यस्तै, लहान नगरपालिका वडा नम्बर १६ को कार्यालय पनि आधारभूत विद्यालयमा र वडा नम्बर १४ का वडा कार्यालय वस्तीपुर माविमा राखिएको छ।

३९ लाख रुपैयाँ लगानीमा निर्माण भएको सोनर्वासा माविको भवन गाउँपालिकालाई दिएपछि विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब सञ्चालन हुन सकेको छैन। गाउँपालिकाले भवन भाडाबापत ४० हजार विद्यालयलाई तिर्ने गरेको गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले जानकारी दिए। लहान नगरपालिकाको वडा नम्बर १४ र १६ ले विद्यालयलाई भाडा तिर्दैनन्।

‘गाउँपालिका कार्यालयलाई पुरानो भवन सञ्चालन गर्नु भनेका थियौं', विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद यादवले भने, ‘तर, अध्यक्षले मान्नु भएन। नयाँ भवन नै दिन हामी बाध्य भयौं।'

गाउँपालिका कार्यालय विद्यालय भवनबाट सञ्चालन भइरहेको बारे शिक्षा अधिकारी, सिडियो कार्यालयलाई पनि जानकारी गराएको यादवले बताए। ‘स्थानीय सरकारको मातहतमा विद्यालय छन्', उनले भने, ‘त्यसैले हामीले गाउँपालिकालाई केही गर्न सक्दैनौं। भाडाका विषयमा लिखित सम्झौता पनि भएको छैन। अहिलेसम्म भाडा पनि पाएका छैनौं।' विद्यालयको पर्खाल निर्माणका लागि २० लाख बजेट गाउँपालिकाले उपलब्ध गराएको छ। गाउँपालिकाका कार्यालय विद्यालयमा राखे पनि पढाइमा असर नभएको अध्यक्ष यादवले जिकिर गरे। ‘विद्यालयमै गाउँपालिका अध्यक्ष बस्न थालेपछि शिक्षकहरू समयमा एवं नियमित आउन थालेका छन्' उनले भने, ‘गाउँपालिका कार्यालय क्षेत्रमा बाँसको बेरा लगाएको छु। आउने जाने बाटो फरक बनाइएकाले विद्यार्थीको पढाई प्रभावित भएको छैन।'

विद्यालयमा सीसीटीभी जडान

 सामुदायिक विद्यालयको शिक्षा खस्कँदै गएको गुनासो बढ्न थालेपछि शिक्षा सुधारका लागि सिरहाको गोलबजार नगारपालिकाले नगर क्षेत्रका सबै माध्यमिक विद्यालयमा सीसीटीभी क्यामेरा जडान गरेको छ।

विद्यालयका प्रधानाध्यापकले निगरानी गर्ने गरी नगरक्षेत्रका ६ वटा माध्यमिक विद्यालयका प्राङ्गण, शिक्षक कोठा, कार्यालय कोठासहित वरण्डासम्मको गतिविधि हेर्न सकिने गरी प्रत्येक विद्यालयमा ४÷४ वटा क्यामेरा जडान गरिएको नगरपालिकाका प्रशासकिय अधिकृत गिरीराज ज्ञवालीले बताए।

जनता नमूना माध्यमिक विद्यालय वडानम्बर ८ चोहर्वा, जनता (प्रविधिक) माध्यमिक विद्यालय वडानम्बर ४ गोलबजार, जनता माध्यमिक विद्यालय वडानम्बर १० डण्डाटोल, सरस्वति माध्यमिक विद्यालय वडानम्बर ३ तेतरिया जमदह, जनता माध्यमिक विद्यालय वडा नम्बर ११ बलकावा र जनता माध्यमिक विद्यालय वडानम्बर १२ बेतौना महनौरमा क्यामेरा जडान गरेका छन्।

‘शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकासका कल्पना गर्न पनि सकिदैन,' नगर प्रमुख देवनाथ साहले भने, ‘शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सीसीटीभी जडानले सहयोग पुग्ने मेरो विश्वास छ।'

तराईका जिल्लामा सामुदायिक विद्यालयको शिक्षालाई सुधार्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधि प्रयोग गरिएको नगर प्रमुख साहले बताए।

‘क्यामेरा जडानपछि विद्यार्थीको गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी खाजा खाने समयमा विद्यालय छाडेर भाग्ने जस्ता कार्यको निगरानी गर्न सकिन्छ', नगर प्रमुख साहले भने, ‘शिक्षा क्षेत्रमा यति राजनीतिकरण भएको छ की त्यसलाई लिकमा ल्याउन धेरै मेहनतको जरुरी छ।'

नगर सभा पहिलो बैठकको पहिलो निर्णय शिक्षा क्षेत्रको सुधारमा जोड दिनलाई प्रविधि मैत्री शिक्षण प्रक्रियाको विकास गर्न कम्प्युटर दिने निर्णय गरेको नगर प्रमुख साहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.