अध्यक्ष थापाद्वारा ब्लड क्यान्सर पीडितलाई सहयोग

अध्यक्ष थापाद्वारा ब्लड क्यान्सर पीडितलाई सहयोग

काठमाडौं : ब्लड क्यान्सर रोगबाट पीडित गौरव सिलवालको उपचारका लागि नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिका अध्यक्ष रामेश्वर थापाले एक लाख दश हजार नगद सहयोग गरेका छन् ।लमजुङ, वेशीशहर-१ का सिलवालको हाल सिभिल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । १७ वर्षीय छोराको उपचारका लागि जुटाएको रकम सकिएपछि बेखर्ची  अभिभावकले अन्नपूर्ण पोस्ट दैनिकमार्फत आर्थिक सहयोगको अपिल गरेका थिए ।

 अध्यक्ष थापाले अन्नपूर्ण पोस्ट दैनिकको तीनकुनेस्थित कर्पोरेट टावरमा उनकी आमा सुशीलाकुमारीलाई सोमबार एक लाख दश हजार नगद सहयोग प्रदान गरे । रकम हस्तान्तरण  कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सुन्दर भविष्य बनाउँदै गरेका किशोरावस्थाका गौरवको उपचारार्थ सबैेको सहयोग अपरिहार्य भएको बताए ।

उनले भने,‘पढ्दै गरेका गौरवलाई सहयोग गरिएको रकम सानो भएपनि सबैको सहयोग पाए उनले पुनर्जिवन पाउने छन् ।’  गौरव सिग्मा कलेजमा १२ कक्षामा अध्ययनरत छन् ।छोराको उपचारका लागि सुरुमा खर्च धान्न सकिएला भन्ने सोंच राखेको भएपनि खर्च धान्न नसकेपछि सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको आमा सुशिलाले बताइन ।

सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले भनिन,‘सबैले सहयोग गर्दा छोराले नयाँ जीवन पाउने आस गरेकी छुँ ।’ सिभिल अस्पतालमा उपचार गराइरहेका गौरवको तीन साइकल केमोथेरापी दिइसकिएको छ । ६ महिनासम्म अस्पतालमा राखेर उपचार गर्नु पर्ने भएपछि सिलवाल परिवारलाई खर्च धान्न धौ-धौ परेको छ । हालसम्म करिब १२ लाख खर्च भएको परिवारले जनाएको छ । 

यो पनि पढ्नुहाेस्

सहयोगको खोजीमा क्यान्सर पीडित                                                      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.