काठमाडौँ हिँडेको माइक्रो यसरी रुखमा बजारियो (फोटोसहित)
![काठमाडौँ हिँडेको माइक्रो यसरी रुखमा बजारियो (फोटोसहित)](https://annapurnapost.prixacdn.net/media/albums/20180430105635_Micro-bus-accident1_6czVY9WiI0.jpg)
भद्रपुरः झापाको भद्रपुरबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ६९१९ नम्बरको माइक्रो बस आज मोरङस्थित सुन्दरहरैचाको ठडिया चोकमा र्दुघटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । यो घटनामा १० जना घाइते भएका छन् ।
तीब्र गतिको माइक्रो पानी परेर चिप्लो भएको सडकमा अनियन्न्त्रित भई रुखमा ठोकिँदा माइक्रोमा सवार भद्रपुर-७ की ५१ वर्षीय उमा निरौला र भद्रपुर ९ की ५२ वर्षीया श्यामा कार्कीको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)