भारतीय प्रधानमन्त्री मोदी २८ गते जनकपुर आउँदै

भारतीय प्रधानमन्त्री मोदी २८ गते जनकपुर आउँदै

जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर आउने भएका छन्। मोदी भारतको पटना हुँदै धार्मिक भ्रमणका लागि नेपाल आउन लागेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।

२८ गते प्रधानमन्त्री मोदीको धनुषास्थित बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन हुने छ। प्रधामन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मोदीको नागरिक अभिनन्दन हुन लागेको गृहमन्त्री थापाले बताए।

भारतीय सेनाका तीनवटा हेलिकोप्टर र सुरक्षाकर्मीसहित नेपाल आउन लागेका मोदीले वैशाख २८ गते जनकपुरस्थित जानकी मन्दिरको पनि दर्शन गर्ने भएका छन्।

मोदीको भ्रमणको सुरक्षा तयारीबारे बुझ्न मंगलबार सुरक्षा प्रमुखहरुसहित जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मोदीको भ्रमण तयारी बारेमा जानकारी दिएका हुन्।

‘मोदीको स्वागतको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन दुई नम्बर प्रदेश सरकारले गर्छ, केन्द्र सरकारले समन्वयको भूमिका निर्वाह गर्छ’, गृहमन्त्री थापाले भने, ‘पटनाबाट सोझै जनकपुर आएपछि बाह्रबिघा मैदानमा मोदीलाई स्वागत र अभिनन्दन गर्ने कार्यक्रम तय भइसकेको छ।’

मोदीको यो भ्रमणलाई गृहमन्त्री थापाले विशुद्ध धार्मिक भ्रमणका रुपमा रहने बताएका छन्। ‘भारतीय प्रधानमन्त्री मोदी यो पटक धार्मिक भ्रमणमा आउन लाग्नुभएको हो’, थापाले भने, ‘यस भ्रमणले दुई देशबीचको सदियौँदेखिको सामाजिक, धार्मिक सम्बन्धलाई अझै मजबुत बनाउनेछ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.